१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

कोरोना भाइरस विरुद्धको भ्याक्सिनमा थप आशा, अमेरिकी मोर्डनाको खोप ९५ प्रतिशत प्रभावकारी



अमेरिकी कम्पनी मोर्डनाले विकास गरेको भ्याक्सिन ९५ प्रतिशत सफल भएको छ ।

भ्याक्सिनको ट्रायल गर्दा संकलन गरिएको सुरुवाती तथ्यांकअनुसार ९५ प्रतिशतमा सफलता मिलेको सो कम्पनीले जनाएको छ ।

मोडर्नाले यस सफलतालाई कम्पनीको ऐतिहासिक दिन भनेको छ । साथै केही हप्तामै भ्याक्सिनको प्रयोग सुरु गर्नका लागि अनुमति माग्ने प्रक्रिया सुरु गर्ने पनि कम्पनीले जनाएको छ ।

मोर्डनाले अब यसको स्वीकृतिका लागि निवेदन पेस गर्ने जनाउँदै त्यसपछि आगामी केही साताभित्रै यसको प्रयोग सुरु गर्नेसमेत जनाएको छ ।

यसअघि कोरोनाको उपचारकै लागि फाइजर नामको कम्पनीले विकास गरेको भ्याक्सिन ९२ प्रतिशत प्रभावकारी देखिएको जनाइएको थियो । यस्तै, रुसी स्पुतनीक ५ नामको भ्याक्सिन पनि ९२दशमलव ५ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको थियो । यद्यपी, यसले प्रदान गर्ने रोग प्रतिरोधात्मक क्षमता कति समयसम्म प्रभावकारी हुन्छ भन्ने कुरा भने अझै किटानका साथ भन्न नसकिने बताइएको छ।

मोडर्नाले अमेरिकामा ३० हजार मानिसमाथि यो भ्याक्सिनको प्रयोग गरेको थियो ।

तीमध्ये आधालाई चार हप्ताको अन्तरमा दुई डोज दिइएको थियो । नतिजा ९४ दशमलव ५ प्रतिशतलाई कोरोना भाइरसबाट बचाएको मोर्डनाले जनाएको छ ।

डाटाको अध्ययन अनुसार ट्रायलको समयमा ११ जना व्यक्तिलाई कोरोना भाइरसको गम्भीर संक्रमण भएको पत्ता लागेको थियो । यद्यपी उनीहरुकसैलाई पनि यसअघि भ्याक्सिन दिइएको थिएन । यो भ्याक्सिन लगाएपछि कतिपय बिरामीमा केहि समय थकान महशुस हुने, टाउको दुख्ने तथा जिउ दुख्ने जस्ता लक्षण देखिएको थियो। तर यस्ता लक्षणलाई सामान्य मानिएको छ ।

भ्याक्सिन सफलतासँगै विश्वव्यापी कोरोना महामारी नियन्त्रणका लागि अर्को सफलता मिलेको विश्लेषण गरिएको छ । मोर्डनका चिफ मेडिकल अफिसर टेल जेक्सले भ्याक्सिनको सम्पूर्ण प्रभाव सानदार रहेको बताएका छन् । कम्पनीले विश्वभर प्रयोगका लागि अर्को वर्ष करोडौं डोज भ्याक्सिन उत्पादन गर्ने पनि जनाएको छ ।

 

 

 

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ७ : ४४ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो