६ बैशाख २०८१, बिहिबार | April 18, 2024

कोभिड भ्याक्सिन : टिप्पर र ट्रकका चालक, सहचालकमा सरकारी विभेद



बुटवल । निषेधाज्ञा र खोप कोभिड १९ संक्रमण कै कारण लामोसमय समस्या झेलेका लुम्बिनी प्रदेशका टिप्पर चालक, सहचालक र ब्यवसायीहरुले कोभिड बिरुद्धको खोपमा पनि टिप्पर व्यवसायी र मजदुरहरु झेलमा परेको गुनासो गरेका छन ।

सरकारले ट्रक चालक, सहचालकहरुलाई खोप ब्यवस्था गरेपनि टिप्पर चालक र सहचालकहरु खोपको मापदण्डमा नपर्दा उनीहरु चिन्तामा छन । सिमेण्ट उद्योग सरकारको प्राथमिकतामा रहेको उद्योग हो । यही उद्योग संचालनमा कच्चा पदार्थ पुर्याउने टिप्पर पेशा अप्नाएका चालक, सहचालक र ब्यवसायीहरु भने खोपबाट बन्चित हुनुपरेको छ । सरकारलाई करोडौं रुपैया करसंगै सयौ युवालाई स्वरोजगार बनाउदै विकास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ढुवानी सेवामूलक व्यवसायीहरुको विषयमा सरकार गम्भिर नभएको उनिहरुको गुनासो छ ।

तिनाउ टिप्पर ब्यवसायी समुहका अध्यक्ष अरविन्द पाण्डेले वार्षिक १५ करोड बढी सरकारलाई कर तिर्ने आफुजस्ता ब्यवसायीहरु उपेक्षामा परेको दुखेसो गरे । कम्तीमा सबै चालक र सचालकहरुलाई खोपको सुनिश्चितता हुनसके कामलाई निरन्तरता दिन सकिने उनी बताउछन । ‘हामीले १ सय ५० जनाको नामावली जिल्ला प्रशासन कार्यालय पाल्पा र २ सय ५० जनाको नामावली रुपन्देही जिल्ला प्रशासन कार्यालयमा बुझाएका थियौ ।’– उनले भने । अहिले खोप लगाउने सुचनाको नामालीमा भने केवल ट्रक चालकलाई सम्बोधन भएको उनले गुनासो गरे । ‘ट्रिपर चालक, सहचालकहरुलाई उपेक्षा गरियो ।’– उनले भने । रुपन्देहीमा करिब एक दर्जन सिमेण्ट उद्योग छन् । देशमै ५० प्रतिशत बढी सिमेण्ट उत्पादन रुपन्देहीमा छन ।

तमन्ना मल्टि प्रपोजका प्रबन्ध निर्देशक तोया लम्सालले रुपन्देहीको सिमा नजिकै रहेका पाल्पाका खानीबाट करिब ९० प्रतिशत चुनढुुङ्गा रुपन्देहीमा भित्रिने गरेको बताए । तिनाउ टिपर ब्यवसायी समुह भित्रका ब्यवसायी ३० ढुवानी कम्पनि छन । यसैगरि ३ सय टिप्परहरुमा चालक, सहचालक कार्यरत छन । अहिले उपलब्ध केहि चालक र सहचालक बाहिरबाट आएका हुदा अहिले कोभिडका कारण आफ्नो घरमा गएका छन । ढुवानी कम्पनीमा काम गर्ने कर्मचारी र संचालक गरि १ सय जना छन । सरकारले आवश्यक स्वास्थ्य सुरक्षा अपनाउँदै ढुवानी व्यवसाय सञ्चालन गर्न अनुमति दिएपनि खोपको निश्चितता नहुदा टिप्पर संचालन गर्न समस्या परेको ब्यवसायीहरु बताउछन । चैत्र, बैशाख, जेठ टिप्पर व्यवसायीको सिजन रहेको बताउँदै उनीहरुले पोहोरको जस्तै यो वर्ष पनि ठप्प हुँदा संकटमा परेको गुनासो गरे । गत साल पनि कोरोना संक्रमणका कारण चैत्रमहिनादेखि नै लकडाउनको आह्वान गर्दा व्यवसायीहरुले ठूलो आर्थिक क्षति व्यहोरेको उनको भनाई छ । उनीहरुले ३÷४ महिना मात्र निरन्तर सञ्चालन गरेर वर्षभर खर्च व्यवस्थापन गर्नुपर्ने र त्यही समयमा व्यवसाय ठप्प हुँदा कोरोनाबाट बचेपनि व्यवसायले डुवाउने चिन्ता थपिएको तमन्ना मल्टि प्रपोजका प्रबन्ध निर्देशक लम्सालले बताए ।

सबै नेपालीलाई खोप लगाउने योजना ल्याएको सरकारलाई जनसंख्या अनुसार खोपको मात्राकै कारण निक्कै चुनौती आएको छ । आवश्यकताको आधारमा खोप संचालन गर्नु सरकारको दायित्व हो । फ्रन्टलाईन र उमेर समुहका आधारमा सरकारले खोप संचालन गरेपनि ब्यवहारमा पारदर्शिता देखिदैन । पेशा र ब्यवसाय गर्नेहरुमा पनि खोपमा विभेद भएको गुनासो आएको छ ।

तिनाउमा रहेको ६ वटा खानीबाट विभिन्न सिमेण्ट उद्योगमा ढुवानी गर्दै आएका उनीहरु कहिले निषेधाको फरक–फरक मापदण्डले र कहिले प्रहरी प्रशासनबाट समस्यामा पर्ने गरेका छन । प्रति टिप्पर खरिद गर्दा ३६ लाख पर्ने र मासिक किस्ता ५० देखि ७५ हजारसम्म बैकको किस्ता तिर्दै आएका छन । रुपन्देहीको सिमा नजिकै रहेका पाल्पाका खानीबाट करिब ९० प्रतिशत चुनढुुङ्गा रुपन्देहीमा भित्रिन्छ । रुपन्देहीमा करिब एक दर्जन सिमेण्ट उद्योग छन् । तिनाउका खानीबाट अर्घाखाँची, सर्वोत्तम, होङ्गसी उद्योगहरुका लागी चुन लगिन्छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  १ : ५३ बजे

सोडारीले पेश गरे सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दाबी

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले सुदूरपश्चिम

सुदूरपश्चिममा दीर्घ सोडारीलाई समर्थन गर्न एमाले तयार

धनगढी । सुदूरपश्चिममा नेकपा एमालेले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा

समृद्धी सलोन एण्ड एकेडेमीको उपहार योजना : हरेक वर्ष ग्राहकले जित्नेछन् एउटा स्कुटर

बुटवल । बुटवलमा विगत ८ वर्षदेखि हेयर डिजाइन तथा सौन्दर्य

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन

काठमाडौं । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन । नेपालगञ्जको

कोशी प्रदेशसभामा पेश भयो संकल्प प्रस्ताव

विराटनगर । कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा