२० आश्विन २०८३, मंगलबार | October 6, 2026

तनहुँको मानहुँकोटमा हायस दुर्घटना : १ जनाको मृत्यु, ८ जना घाइते



तनहुँ । पोखराबाट तनहुँको मानहुँकोट घुम्न आएको हायस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । तनहुँको व्यास नगरपालिका-५ मानहुँकोटमा दुर्घटना हुदा १ जनाको मृत्यु भएको हो ।

आज बिहान ग १ ख २९४२ नम्बरको हायस सडकबाट करिब ६ सय मिटर तल खस्दा पोखरा महानगरपालिका-३२ गगोनगौडा निवासी २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा दमौलीस्थित रत्नहरी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए । दुर्घटनामा परि ८ जना घाइते भएका छन् ।

उनीहरुको अवस्था सामान्य रहेको रानाभाटले बताए । घाइतेहरुको रत्नहरी अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरु सबै पोखरा-३२ का हुन् । पछिल्ला दिनमा पर्यटकको गतिविधि बढेको मानहुँकोटमा दृश्यावलोनका लागि गएको माइक्रो बिहान साढे ४ बजे दुर्घटना भएको हो ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ८ : ५१ बजे

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते

सर्वोच्चमा नियुक्तिका लागि चार न्यायाधीश सिफारिस, वरिष्ठतम् न्यायाधीश मल्लको असहमति

काठमाडौं । न्याय परिषद्को मंगलबार बसेको बैठकले सर्वोच्च अदालतका लागि