१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेकपा विवाद उत्कर्षमा, युद्धविरामको खोजी जारी; राष्ट्रपति भण्डारी र चिनियाँ राजदूत यान्छी पुनः सक्रिय



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्कर्षमा पुगेको विवाद समाधानको संकेत अझै देखिन सकेको छैन ।

भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कार्यविभाजन गर्दै त्यसअघिको विवाद समाधान गरेको भनिएपनि सोही बैठकको अन्तरपार्टी निर्देशन (अपानी) लेखनबाट सुरु भएको नयाँ विवाद अहिले चरम अवस्थामा पुगेको छ ।

अन्तरपार्टी निर्देशन जारी हुँदाको बखत नै अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टीको कार्यकारी भूमिकामा पुनः दाबी गरेपछि दुई अध्यक्षबीच नयाँ विवाद सुरु भएको थियो । सो विवादमा कर्णाली प्रदेशको मुख्यमन्त्री विरुद्ध ओली पक्षको अगुवाईमा अविश्वासको प्रस्ताव दर्ताले थप उत्प्रेरकको भुमिका खेल्यो । त्यसपछि भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलसँग प्रधानमन्त्री ओलीले मध्यरातमा बालुवाटारमै अपारदर्शी रुपमा गरेको वार्ता र आफु निकट ३ जना नेताहरुलाई मात्रै मन्त्रिपरिषद्मा सहभागी गराएपछि विवादले उग्र रुप लियो ।

यसबीचमा लामो समयसम्म सामान्य बोलचाल समेत नगरेका दुई अध्यक्षहरु आआफ्नो समुहको मजबुतीमा मात्रै लागे । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमा नेपालसहित सचिवालयका बहुमत ५ सदस्यहरुले बारम्बार पार्टी विवादबारे बैठक बस्न गरेको आग्रहलाई ओलीले अस्वीकार गर्दै गए । त्यसबीचमा भएका एक अर्कालाई गम्भीर आक्षेप लगाउने पत्र बमले पार्टी संकटको डिलमा पुगेको विश्लेषण भएको थियो ।
विवादकै बीचमा गत कात्तिक २८ गते बसेको सचिवालय बैठमा अध्यक्ष प्रचण्डले अन्य सचिवालय सदस्यहरुको समेतको समर्थनमा राजनीतिक प्रस्ताव पेश गरेपछि नेकपा अब संकटबाट पारै पाउन नसक्ने भूमरीमा फसेको छ ।

प्रचण्डको एकल प्रस्तावमा ओलीमाथि कैयौं चार्ज लगाइएको छ । ओली पक्षले प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म आज मंसिर ३ गतेका लागि बोलाइएको सचिवालय बैठक बस्न नसक्ने अडान कायमै राखेको छ । प्रचण्ड–नेपाल पक्षले भने प्रस्तावमाथि छलफल हुनुपर्ने भन्दै विकल्पमा अर्को प्रस्ताव ल्याउन र सबैलाई सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीसम्म छलफल चलाउन माग गरिरहेको छ ।

एकातिर शिर्ष नेतृत्व विवादको भूमरीमा फसेको छ भने अर्कोतिर दुई समुहका नेताहरु पार्टी केन्द्रीय कमिटी र संसदीय दलमा बहुमत सिद्ध गर्नका लागि भित्रभित्रै हस्ताक्षर अभियानलाई जारी राखेका छन् ।

नेकपाका एक स्थायी कमिटी सदस्य भन्छन्, ‘पार्टी फुट्ने अवस्थामा एकले अर्कोलाई विभिन्न चार्जसिटहरु लगाउँदै पत्राचार गर्ने र हस्ताक्षर संकलन गर्ने प्रवृत्ति कम्युनिष्ट पार्टीहरुमा रहँदै आएको छ । नेकपाको अहिलेको तयारी पनि आ–आफ्नो आन्तरिक तयारी पुरा गरेपछि मैदानमा भिड्न तम्तयार रहेको अवस्था हो । नेकपाभित्र चलेको यो रडाकोको पटाक्षेप विभाजनमै गएर टुंगिने देखिन्छ ।’

ती नेताले भनेजस्तै, यतिबेला पार्टी केन्द्रमा मात्रै होइन तल्लो कमिटीमा समेत एक समुहले अर्को समुहलाई छिछि दुरदुर गर्न लागेको प्रष्ट देखिएको छ । ओली समुहले मदन भण्डारी फाउन्डेशनको नाममा लामो समयदेखि समानान्तर पार्टी चलाउँदै आएको छ भने प्रचण्ड–नेपाल समुहले पनि आफ्नो तयारी गर्दै तल्लो कमिटीसम्म पार्टी सदस्यहरुको तथ्यांक राख्न सुरु गरिसकेको छ ।

सचिवालय बैठक दिउँसो १ बजे बजे बालुवाटारमा बस्ने भनेर गत २८ गते निर्णय भएपनि यसको अन्यौल कायमै छ । ओलीले सचिवालय बैठक बस्ने समयमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । पार्टी बैठक रोक्न ओलीले मन्त्रिपरिषदे बैठकको च्याँखे थापेका छन् ।

चरम विवादका बीच बैठकै भएपनि त्यो मैत्रिपूर्ण हुने देखिँदैन । अघिल्लो सचिवालय बैठकपछि अहिलेसम्म बैठक रोक्न र प्रचण्डको प्रस्ताव फिर्ता गराउनका लागि अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमसँग अलगअलग भेट गरिसकेका छन् ।

ओलीले महासचिव विष्णु पौडेललाई प्रचण्डसँग भेट्न पठाएर प्रस्ताव फिर्ता र बैठक स्थगित गर्नुपर्ने सन्देश पुर्याइसकेका छन् । ओलीले पूर्वएमाले र पूर्वमाओवादीका कतिपय नेताहरुसँग भेट गरी आफुलाई साथ दिन आग्रह गरेका छन् ।

 

राष्ट्रपति र चिनियाँ राजदूत पुनः सक्रिय

नेकपा विवादकै चक्रको बीचमा राष्ट्रपति विद्यादेवी भणडारी र चिनियाँ राजदूत हौउ यान्छी पुनः सक्रिय भएका छन् । यसअघि पनि पार्टी गम्भीर संकटमा पर्दा राष्ट्रपति भण्डारी आफ्नो संवैधानिक दायरा नाघ्दै विवाद मिलाउन सक्रिय भएकी थिइन भने चिनियाँ राजदूत पनि दृश्यमा देखिने गरी विवाद मिलाउन दौडधुप गरेकी थिइन ।

राष्ट्रपति भण्डारीले मंगलबार साँझ अध्यक्ष प्रचण्डलाई बोलाएर छलफल गरेकी छिन् , उनले प्रचण्डसँग दुई घन्टाभन्दा लामो छलफलको क्रममा विगतको सहमतिअनुसार सरकार सञ्चालनमा पाँच वर्ष अवरोध नगर्न आग्रह गरेकी थिइन ।

त्यसक्रममा प्रचण्डले भने आफुले पेश गरेको प्रस्ताव सचिवालय बैठकमा छलफल हुने र पार्टी कमिटीले गर्ने निर्णय सबैले स्वीकार गर्नुपर्ने बताएका छन् । प्रचण्डले राष्ट्रपतिलाई भेट्नु अघि र भेटपछि वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमलाई ‘ब्रिफिङ’ गरेका थिए ।

राष्ट्रपति भण्डारीले मंगरबार राति नै प्रधानमन्त्री ओलीसँग समेत भेट गरेकी छिन् । ओलीले राष्ट्रपतिलाई भेट गर्नुअघि चिनियाँ राजदू हौउ यान्छीसँग भेट गरेका थिए । नेकपा विवाद दुर्घटनाउन्मुख भएको बेला यसअघि पनि गत बैशाख र असारमा राजदूत यान्छीले नेकपाका शिर्ष नेताहरुसँग भेट गरेकी थिइन ।

मंगलबार राति ९ बजेदेखि डेढघण्टा भएको भेटमा अवश्य पनि पार्टीभित्रको संकटमा चिनियाँ चासो र समाधानको सुत्रबारे छलफल भएको अनुमान गरिएको छ ।

 

 

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ९ : १६ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान