२ चैत्र २०८२, सोमबार | March 16, 2026

मरिक समुदाय बाँसका सामग्री बनाउन व्यस्त



इनरुवा । सुनसरीमा छठलक्षित बाँसका सामग्री बनाउन मरिक समुदायका मानिस व्यस्त भएका छन् ।

यही मंसिर ५ गते हुने आस्था र निष्ठाको पर्व छठ आउन दुई दिन मात्र बाँकी रहेका बेला मरिक समुदाय छठमा प्रयोग हुने बाँसका विभिन्न सामग्री बनाउन व्यस्त बनेका हुन् ।

सुनसरी सदरमुकाम इनरुवा-१ का मरिक बस्तीदेखि जिल्लाको विभिन्न स्थानीय तहमा रहेका मरिक समुदायले दिनरात एक गरेर छठलक्षित बाँसका साग्रमी बनाउन व्यस्त बनेका छन् । जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा रहेका मरिक समुदाय बाँसका सामग्री बनाउन व्यस्त बनेका हुन् ।

मरिक समुदायले छठमा प्रयोग हुने कोनिया, ढाकी, नाङ्लोलगायतका बाँसका सामग्री बनाउन व्यस्त बनेको वीरेन्द्र मरिकले बताए । छठ नजिएको बेला बाँसका सामग्रीको माग अत्यधिक हुने गरेको र त्यो बेला बनाउनका लागि भ्याइनभ्याई हुने भएकाले एक महिनाअघिदेखि नै बाँसका सामग्री बनाउन लागेको मरिक समुदायले बताएका छन् ।

अहिले गाउँगाउँबाट रु १ सय ५० देखि २ सय ५० सम्म बाँस किनेर ल्याई छठमा प्रयोग हुने सामग्री बनाउन लागेको गीता मरिकले बताइन् । छठपर्वमा बाँसकै सामग्री बढी मात्रामा आवश्यक पर्ने भएकाले वर्षभरि आम्दानी गर्न नपाएका मरिकलाई यस पर्वको बेला राम्रो आम्दानी अवसरसमेत भएकाले व्यस्त हुने गरेका छन् ।

राम्रो आम्दानी गर्ने उद्देश्यका साथ एक महिना अगाडिदेखि नै बाँसका सामग्री बनाउन उनीहरु व्यस्त भएका छन् । बाँसको साम्रगी अरु बेला कमै मात्र बिक्री हुने गरेको भए पनि पर्वमा अत्यधिक मात्रामा बिक्री हुने गरेको मरिक समुदायका स्थानीयवासीको भनाइ छ ।

छठपर्व गर्नेहरु प्रत्येक वर्ष बढेकाले आफूहरुलाई बाँसका सामग्री सबैलाई पुर्याउन नै गाह्रो हुने भएकाले यतिबेलादेखि नै सामग्री बनाउन मरिकहरु व्यस्त बनेका हुन् ।

छठमा बाँसको सामग्री पुर्याउन आफूहरु महिना दिनअघिबाट नै काममा व्यस्त हुने गरेको भटाइ मरिकको भनाइ छ । हरिनगरा र भुटहाबाट रु १ सय ५० देखि २ सय ५० सम्ममा बाँस खरिद गरी सामग्री बनाई स्थानीयवासीको छठलाई सहज पार्ने प्रयासमा आफूहरु रहेको राधे मरिकले बताए ।

यता भुटाहाका मरिकहरुजस्तै लौकही, श्रीपुर, मध्यहर्षाही भोक्राहा, इनरुवा, डुम्राहा र झुम्काका मरिकहरुसमेत छठलक्षित बाँसका सामग्री बनाउन व्यस्त रहेको पाइएको छ ।

यसरी मरिक समुदाय आधुनिकतासँगै बाँसको सामग्रीको माग घटेको बेला चाडपर्वमा बाँसको सामग्री बिक्री हुने भएकाले त्यसैमा चित्त बुझाउन बाध्य छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ९ : ११ बजे

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

‘एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ’

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष डा बद्री

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की । देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि