४ पुस २०८२, शुक्रबार | December 20, 2025

रुपन्देहीमा थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु, बुटवल-७ का ४० वर्षीय पुरुषको कोरोना बिशेष अस्पतालमा मृत्यु



बुटवल । बुटवल स्थित कोरोना बिशेष अस्पतालमा उपचाररत बुटवल ७ का एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । गत कार्तिक २६ गते देखि उपचाररत बुटवल उपमहानगरपालिका ७ का ४० वर्षीय पुरुषको आज बिहान ८ः३० बजे मृत्यु भएको हो ।

कार्तिक २६ गते स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रदेशिक अस्पताल पुगेका उनीमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएकै दिनबाट कोरोना बिशेष अस्पतालमा भर्ना भई उपचाररत उनको बिहान ८ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

मृतकमा कोरोना भाइरसको गम्भीर संक्रमण सहित अत्याधिक मोटोपनाको समस्या पनि रहेको अस्पतालले जनाएको छ ।

आज मृत्यु भएसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८९ पुगेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ९ : २३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको