४ पुस २०८२, शुक्रबार | December 20, 2025

वीर अस्पतालका स्वास्थ्यकर्मीको आन्दोलन जारी



काठमाडौं । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका वीर अस्पतालका स्वास्थ्यकर्मीहरुको आन्दोलन ३१ औं दिनपछि पनि जारी रहेको छ ।

कोभिड भत्ता समयमै दिनुपर्ने, यसअघि खाइपाइ आएको सेवा सुविधा कटौती गर्न नहुने, तलब समयमा उपलब्ध गराउनुपर्ने माग राख्दै आएका स्वास्थ्यकर्मीहरुले ३१ औं दिनमा आन्दोलन जारी राखेका हुन् ।

कोरोना भाइरस संक्रमित विरामीहरुको उपचारमा अहोरात्र खटिएर काम गरिरहेका चिकित्सकहरुको मनोबल गिराउने काम सरकार गरेको उनीहरुको आरोप छ ।

आफुहरुले पाउँदै आएको सेवा सुविधा कटौती गर्न नपाइने, कोभिड भत्ता समयमा उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै कात्तिक २ गतेबाट सुरु भएको आन्दोलन ३१ औं दिनमापनि जारी रहेको नेपाल चिकित्सक संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए ।

आन्दोलनरत स्वास्थ्यकर्मी चिकित्सकहरुले सरकारले तोकेको सेवा सुविधा समेत पदाधिकारीहरुले नदिने गरेको आरोप लगाउँदै आएका छन् । वीर अस्पतालका एक कर्मचारी कल्पना ढुंगेलले कर्मचारीहरुले पाउनुपर्ने तलब भत्ता पदाधिकारीहरुले खाइरहेको आरोप लगाइन ।

चिकित्सकहरुले विरामीहरुको उपचारसँगसँगै आफ्ना आन्दोलनका कार्यक्रम अगाडि बढाएको छ । आफ्ना माग पुरा नभए बिहीबार थप कडा आन्दोलन गर्ने चेतावी पनि उनीहरुले दिएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  १ : ०० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको