७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रचण्ड प्रस्तावको काउन्टरमा ओलीले छुट्टै प्रस्ताव ल्याउने, स्थायी कमिटी बैठक १८ गते



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक १० दिनसम्मका लागि स्थगित गरिएको छ । बैठक बस्छ या बस्दैन भन्ने अन्यौलका बीच दिउँसो १ बजे निर्धारित समय र स्थानमा सुरु भएको बैठक १० दिनपछि बस्ने गरी स्थगित भएको हो ।

डेढघण्टासम्म चलेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैठकमा आफ्नो छुट्टै राजनीतिक प्रस्ताव पेश गर्ने जानकारी गराएका छन् । गत कात्तिक २८ गते अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावलाई काउन्टर गर्ने गरी ओलीले नयाँ प्रस्ताव ल्याउने भएका हुन् । प्रचण्डको प्रस्तावप्रति ओलीले तिब्र विरोध जनाएका छन् ।

अब मंसिर १३ गते बस्ने सचिवालय बैठकमा ओलीले प्रस्ताव पेशगरेपछि दुवै अध्यक्षका अलगअलग प्रस्ताव, दुई अध्यक्षबीच भएका पत्राचार र र गत स्थायी कमिटी बैठकपछिको अन्तरपार्टी निर्देशिकामा समेत छलफल हुनेभएको छ ।

१३ गते ओलीले प्रस्ताव ल्याएसँगै सबै प्रस्ताव र पत्रहरुमाथि स्थायी कमिटीमा समेत छलफल हुने भएको छ त्यसका लागि आगामी मंसिर १८ गते स्थायी कमिटी बैठकको मिति तय गरिएको छ ।

अध्यक्ष ओलीको प्रस्तावलाई समेत ध्यानमा राखेर बैठक १० दिनका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकमा महासचिव विष्णु पौडेलले सचिवालयबाट सबै जनाले सामुहिक राजीनामा दिनुपर्ने प्रस्ताव गरेका छन् ।

अहिलेको सचिवालयको अहिलेको टीमबाट पार्टी अगाडि बढ्ने सम्भावना नरहेको दाबी गर्दै महासचिव पौडेलले ९ जना सदस्यले नै राजीनामा दिएर नयाँ नेतृत्व तयार पार्नुपर्ने प्रस्ताव गरेका छन् ।

मंसिर १५ देखि १७ गतेका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठकलाई २५ गते सारिएको छ । यसअघि गत कात्तिक १५ गतेदेखि १७ गतेसम्म केन्द्रीय कमिटी बैठक बस्ने निर्णय भएको थियो । कोरोना भाइरसको संक्रमण देखाउँदै केन्द्रीय कमिटी बैठक स्थगित हुँदै आएको थियो ।

 

 

 

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ३ : २७ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज