१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

तिहारपछि खुलेको पहिलो दिनमै नेप्सेमा छलाङ, २३.३२ अंकले बढ्यो नेप्से



 

काठमाडौ । तिहारपछि खुलेको पहिलो कारोबार दिन नेप्से २३.३२ अंकले बढेको छ । बुधबार १९४ वटा कम्पनीको १ करोड १६ लाख कित्ता शेयर ४ अर्ब ७९ करोड रुपैयाँमा खरिद बिक्री भएको छ। सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ भने कारोबार रकम पनि झण्डै पाँच अर्ब नजिक पुगेको छ।

यस दिन कारोबारमा आएका १२ उपसमुहमध्ये तीन उपसमुहको सूचक नकारात्मक देखिएको छ भने बाँकी ९ वटा उपसमुहको सूचक सकारात्मक देखिएको छ। यस दिन व्यापार उपसमुहको सूचक सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ भने उत्पादनमुलक उपसमूहको ६.९४ प्रतिशत, निर्जीवन बीमा कम्पनी उपसमुहको ४.५१ प्रतिशत र होटल उपसमुहको २।०९ प्रतिशतले बढेको छ।

यस्तै बुधबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ३३ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल दुरसञ्चार कम्पनीको ३० करोड ८५ लाख, शिवम सिमेन्टको २२ करोड ७९ लाख, एनआइसी एशिया बैंकको १८ करोड १२ लाख र प्रभु बैंकको १६ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ।

बुधबार कारोबारमा आएका कम्पनीहरुमा ६ कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ। यस दिन हिमालय डिस्टिलरी र गोर्खाज फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने बिशाल बजार कम्पनी र बोटलर्स नेपाल तराईको ९.९९ प्रतिशत, साल्ट ट्रेडिड। कम्पनीको ९.९८ प्रतिशत र शिवम सिमेन्टको ९.२५ प्रतिशतले बढेको छ।

यस दिन कारोबारमा आएका ७२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ८७ वटा कम्पनीको शेयरमुल्य घटेको छ।

 

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ४ : ५७ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा