१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

तिहारपछि खुलेको पहिलो दिनमै नेप्सेमा छलाङ, २३.३२ अंकले बढ्यो नेप्से



 

काठमाडौ । तिहारपछि खुलेको पहिलो कारोबार दिन नेप्से २३.३२ अंकले बढेको छ । बुधबार १९४ वटा कम्पनीको १ करोड १६ लाख कित्ता शेयर ४ अर्ब ७९ करोड रुपैयाँमा खरिद बिक्री भएको छ। सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ भने कारोबार रकम पनि झण्डै पाँच अर्ब नजिक पुगेको छ।

यस दिन कारोबारमा आएका १२ उपसमुहमध्ये तीन उपसमुहको सूचक नकारात्मक देखिएको छ भने बाँकी ९ वटा उपसमुहको सूचक सकारात्मक देखिएको छ। यस दिन व्यापार उपसमुहको सूचक सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ भने उत्पादनमुलक उपसमूहको ६.९४ प्रतिशत, निर्जीवन बीमा कम्पनी उपसमुहको ४.५१ प्रतिशत र होटल उपसमुहको २।०९ प्रतिशतले बढेको छ।

यस्तै बुधबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ३३ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल दुरसञ्चार कम्पनीको ३० करोड ८५ लाख, शिवम सिमेन्टको २२ करोड ७९ लाख, एनआइसी एशिया बैंकको १८ करोड १२ लाख र प्रभु बैंकको १६ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ।

बुधबार कारोबारमा आएका कम्पनीहरुमा ६ कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ। यस दिन हिमालय डिस्टिलरी र गोर्खाज फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने बिशाल बजार कम्पनी र बोटलर्स नेपाल तराईको ९.९९ प्रतिशत, साल्ट ट्रेडिड। कम्पनीको ९.९८ प्रतिशत र शिवम सिमेन्टको ९.२५ प्रतिशतले बढेको छ।

यस दिन कारोबारमा आएका ७२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ८७ वटा कम्पनीको शेयरमुल्य घटेको छ।

 

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ४ : ५७ बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को