काठमाडौं । हाल देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको विकास भएको छैन ।
हाल देशका उच्च पहाडी तथा हिमाली भू-भागको मौसममा आंशिक बदली रहेको छ ।
त्यस्तै देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।
त्यस्तै देशका बाँकी भु-भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । त्यसैगरी आज राती देशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहने सम्भावना छ ।
त्यस्तै देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रतिक्रिया