बुटवल । बुटवल स्थित कोरोना बिशेष अस्पतालमा उपचाररत गुल्मीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
गत कार्तिक २३ गते कोरोना पोजेटिभ देखिएर सोहि दिन अस्पताल भर्ना भएका गुत्मी सत्यवती गाउपालिका ६ का ६२ बर्षीय पुरुषको उपचारका क्रममा मध्य राती १२:४५ बजे मृत्यु भएको हो ।
संक्रमण पुष्टि भएकै दिनबाट कोरोना बिशेष अस्पतालमा भर्ना भई उपचाररत उनको मध्य राती १२:४५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले जानकारी दिए ।
प्रतिक्रिया