२५ चैत्र २०८२, बुधबार | April 8, 2026

उद्योग वाणिज्य महासंघ र बृटिश काउन्सिलबीच व्यवसायिक तालिम सम्झौता



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिश काउन्सिलबीच प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम सम्बन्धी कार्यक्रममा सहकार्य गर्ने सम्झौता भएको छ ।

महासंघले पत्रकार सम्मेलन आयोजना गरी ब्रिटिश काउन्सिलसँग गत कात्तिक २७ गते ‘इम्प्लोयर लिड लेबर मार्केट सेक्रेटिअरिस्ट (ईएलएमएस)’ परियोजना कार्यान्वयन गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको बताएको छ ।

महासंघकी अध्यक्ष भवानी राणाले १७ करोड ९० लाख ११ हजार ७ सय ३३ रुपैयाँ बराबरको बजेटमा १४ महिने कार्यक्रम लागू हुने बताइन ।

परियोजना मार्फत व्यवससायिक वर्गिकरण मानकको विकास तथा श्रम बजार सूचना प्रणालीको विकास गरिने छ । यो कार्यक्रम, पर्यटन क्षेत्र, निर्माण क्षेत्र र कृषि क्षेत्रमा कार्यान्वयन हुने पनि अध्यक्ष राणाले बताइन ।

परियोजनाले मुलुकको औद्योगिक विकासमा सहयोग पु-याउने, श्रम बजार सम्बन्धी सूचना प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउने, उद्योग प्रतिष्ठानहरुको लागि आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउने प्रत्याभुति दिलाउने, रोजगारी सृजना गर्ने, श्रमबजार सम्बन्धी तथ्याङ्कको विकास गर्ने कार्यामा परियोजना कोशेढुंगा हुने पनि अध्यक्ष राणाले बताइन ।

यो परियोजनाबाट श्रम बजारसँग सम्बन्धित सरकारको नीति निर्माण एवं कार्यक्रममा सघाउ पुग्नुको साथै उद्योग व्यवसाय क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा समेत मद्दत गर्ने छ ।

परियोजनाका साझेदार व्यवसायिक संस्थाहरुमा नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल र नेपाल निर्माण व्यवसायी महासंघ रहेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  २ : ५५ बजे

गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा

पर्सा । नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहरमा थुप्रिएको बालुवा,

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको

संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज

काठमाडौं । मन्त्रिपरिषद्को यही चैत १६ गतेको निर्णय अनुसार प्रधानमन्त्रीका

आज दशौँ स्वास्थ्य बीमा दिवस

काठमाडौं । दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना

प्रधानमन्त्री शाहले आज २० देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज नेपालमा रहेका करिब