२१ मंसिर २०८२, आइतबार | December 7, 2025

आज राती १२ बजेदेखि मंसिर १३ गतेसम्म गुल्मीको रेसुंगा नगरपालिकामा लकडाउन घोषणा



तम्घास । आज राती १२ बजेदेखि लागु हुने गरी गुल्मीको रेसुंगा नगरपालिकाले लकडाउनको घोषणा गरेको छ।

नगर क्षेत्रमा कोरोना संक्रमण तीब्र रुपमा फैलिदै गएको भन्दै नगरपालिकाले आज राती १२ बजेदेखी लागु हुनेगरी मंसिर १३ गतेसम्म नगर क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख डिल्लीराज भुसालद्वारा जारी सूचनामा उल्लेख गरीएको छ ।

सूचनाअनुसार नगरभित्रका अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द रहनेछन । नगरपालिकाका वडा र कार्यालयका अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने उनले जनाएका छन ।

तरकारी, फलफूल, दुध तथा दुधजन्य पदार्थको बिक्री वितरण बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि साढे ६ बजेसम्म र अन्य पसलहरु बिहान ७ बजेदेखि बिहान ९ बजेसम्ममात्रै सञ्चालन गर्न भनिएको छ ।

विवाह, ब्रतबन्धजस्ता काममा १० जनाभन्दा बढी भेला हुन नपाउने नगरपालिकाले सूचनामा भनेको छ । बैंक तथा वित्तिय संस्थाहरुले अत्यावश्यक सेवा स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्नुपर्ने गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले जानकारी दिए ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  ९ : १५ बजे

आजबाट आइसीपी नेपालगन्जमा मूल्यांकन डाटाबेस प्रणाली संचालन

नेपालगन्ज । आइसीपी नेपालगन्जमा आजबाट मूल्यांकन डाटाबेस प्रणाली संचालनमा ल्याइएको

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले

३३ वर्षिया महिला बलात्कार आरोपमा ३० वर्षिय शाही पक्राउ

कोहलपुर । बाँके प्रहरीले जबरजस्ती करणी आरोपमा एकजनालाई पक्राउ गरेको

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

दोलखा । दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौँ । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी