१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

आज राती १२ बजेदेखि मंसिर १३ गतेसम्म गुल्मीको रेसुंगा नगरपालिकामा लकडाउन घोषणा



तम्घास । आज राती १२ बजेदेखि लागु हुने गरी गुल्मीको रेसुंगा नगरपालिकाले लकडाउनको घोषणा गरेको छ।

नगर क्षेत्रमा कोरोना संक्रमण तीब्र रुपमा फैलिदै गएको भन्दै नगरपालिकाले आज राती १२ बजेदेखी लागु हुनेगरी मंसिर १३ गतेसम्म नगर क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख डिल्लीराज भुसालद्वारा जारी सूचनामा उल्लेख गरीएको छ ।

सूचनाअनुसार नगरभित्रका अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द रहनेछन । नगरपालिकाका वडा र कार्यालयका अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने उनले जनाएका छन ।

तरकारी, फलफूल, दुध तथा दुधजन्य पदार्थको बिक्री वितरण बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि साढे ६ बजेसम्म र अन्य पसलहरु बिहान ७ बजेदेखि बिहान ९ बजेसम्ममात्रै सञ्चालन गर्न भनिएको छ ।

विवाह, ब्रतबन्धजस्ता काममा १० जनाभन्दा बढी भेला हुन नपाउने नगरपालिकाले सूचनामा भनेको छ । बैंक तथा वित्तिय संस्थाहरुले अत्यावश्यक सेवा स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्नुपर्ने गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले जानकारी दिए ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  ९ : १५ बजे

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन