२ चैत्र २०८२, सोमबार | March 16, 2026

छठपर्व तराई मधेस र पहाडका नेपाली समुदायबीचको सेतु बनेको छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षयता छठपर्व तराई मधेस र पहाडका नेपाली समुदायबीचको सेतुका रूपमा विकसित हुँदै आएको बताएका छन ।

छठपर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले चाडपर्व र संस्कृतिका दृष्टिले विविधतायुक्त नेपाली समाजमा सौहाद्र्रपूर्ण अन्तरसम्बन्धलाई अझ मजबुत बनाउन यस्ता पर्वहरूले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका छन ।

‘‘उदाउँदो सूर्यको आराधना गर्दै सम्पन्न गरिने छठपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि तथा खुसीयालीको हार्दिक शुभकामना व्यक्त गर्दछु,’’ शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन ।

तराईको मिथिला क्षेत्रमा महापर्वका रूपमा सनातन कालदेखि छठ मनाइँदै आएको उनले उल्लेख गरेका छन । ‘‘हाम्रा आदिग्रन्थ ऋग्वेद र कतिपय पुराणहरूमा सूर्यको महिमा वर्णित छ भने प्रागऐतिहासिक कालदेखि दक्षिण एसियामा विशेष रूपमा सूर्यको उपासना गर्ने लोक संस्कृतिले निरन्तरता पाउँदै आएको छ,’’ प्रधानमन्त्रीको सन्देशमा छ, ‘‘मानव समाज कृषि युगमा प्रवेश गरेपछि कृषि उत्पादनसँग सम्बन्धित परिकारसहित सूर्यको उपासना गर्ने परम्पराका रूपमा छठ पर्व सुरू भएको मानिन्छ ।’’

छठ पर्वको यस उल्लासका बीच विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ को महामारीलाई हामी सामना गरिरहेको उल्लेख गर्दै उनले स्वास्थ्य सुरक्षाका लागि तोकिएका मापदण्ड अनुशरण गर्दै विशेष सावधानी अपनाएर यस वर्षको छठ पर्व मनाउन आह्वान गरेका छन ।

‘‘यस महामारीले जनताको स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा मात्र होइन मुलुकको समृद्धिको अभियानमा पनि अवरोध पुर्‍याएको छ ।

यसले जनताको स्वास्थ्यमा गरेको क्षति न्यूनीकरण गर्दै रोकथाम तथा नियन्त्रणमा सरकारले आवश्यक कदम चाल्दै आएको छ । यस महामारीका वाबजुद मुलुकको विकास तथा समृद्धिको यात्रालाई हामीले अघि बढाइरहेका छौं,’’ प्रधानमन्त्री ओलीले भनेका छन ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ७ : १८ बजे

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र

सीके राउतद्वारा संसदीय राजनीतिबाट सन्यास घोषणा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास

सुनको मूल्य सामान्य बढ्यो, चाँदीमा पनि हल्का वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको