६ श्रावण २०८३, बुधबार | July 22, 2026

भारतको उत्तरप्रदेशमा बिहेबाट फर्किँदै गरेको जीप दुर्घटना, १४ जनाको मृत्यु



एजेन्सी । भारतको उत्तर प्रदेशको प्रतापगढमा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । प्रयागराज-लखनऊ राजमार्गमा जिप र ट्रक ठोक्किँदा ६ बालबालिकासहित १४ जनाको मृत्यु भएको हो ।

विवाह समारोहमा सहभागी भएर आफ्नो गाउँ फर्किन लागेकाहरु सवार बोलेरो जिप रोकिराखेको एक ट्रकमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन ।

चालक निदाएका कारण दुर्घटना भएको अनुमान स्थानीय प्रहरी अधिकारीले गरेका छन् । टायर पञ्चर भएका कारण उक्त ट्रक सडक किनारमा रोकिएको थियो ।

दुर्घटना यति भयानक थियो कि जिपलाई काटेर शवहरु बाहिर निकाल्नु परेको थियो । प्रहरीका अनुसार मृतकहरुमध्ये १२ जना कुँडा कोतवालीको चौंसा जिरगापुर गाउँका हुन् ।

दुर्घटनाप्रति उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गर्दै घाइतेहरुको उद्धार तथा उपचारमा खटिन अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  १० : ०९ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज