१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

पर्वतीय सङ्ग्रहालयका सामग्रीको संरक्षण चुनौतीपूर्ण बन्दै



पोखरा । विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन गरिएको लामो समयको बन्दाबन्दीका साथै स्वास्थ्य सुरक्षा सजगतालाई लक्षित गरी बन्द गरिएको पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अहिलेसम्म पनि खुला गरिएको छैन । सङ्ग्रहालय नखुल्दा पर्यटकबाट हुने आम्दानी त भएन नै त्यहाँ राखिएका सामग्रीको संरक्षण अझ चुनौतीपूर्ण बनेको छ ।

सरकारले सङ्ग्रहालय सञ्चालनमा लगाएको रोक खुला नगरेका अवस्थामा कठिन परिस्थितिका बाबजुद लामो समय खर्चेर सङ्ग्रहालयमा सङ्कलित एवं निर्मित महत्वपूर्ण तथा ऐतिहासिक सामग्री विभिन्न प्रकोपबाट जोगाउन मुस्किल भएको हो ।

पोखरा महानगरपालिका–१७ रातोपैह्रास्थित हिमाल र हिमालीका बारेमा एउटै छानामुनि अध्ययन–अवलोकन गरिने अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा सङ्कलन गरी प्रदर्शनमा राखिएका सामग्रीको संरक्षण चुनौतीपूर्ण रहेको नेपाल पर्वतारोहण सङ्घका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार सङ्ग्रहालयमा मानिसको आवतजावत कम भएसँगै सङ्ग्रहित सामग्रीमा मुसा, साङ्लालगायतका किरा तथा ढुसी लाग्ने प्रकोप बढ्दै गएको छ । उक्त प्रकोपबाट बचाउन दैनिक सरसफाइलगायत किटनाशक औषधि प्रयोग गर्दै आएको उनले बताए ।

सङ्ग्रहालयमा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको जनजीवन झल्कने सामग्रीलगायत विश्वका हिमचुचुरामा आजसम्म भए÷गरेका गतिविधि, पर्वतमाला, जलवायु परिवर्तनको असर, चट्टान तथा जीवजन्तुलगायतको प्रदर्शन गरिएको छ ।

करिब साढे चार रोपनी क्षेत्रफल ओगटेको सङ्ग्रहालय भवनमा पर्वतारोहण, पदयात्री, हिउँचिप्लेटी, शिकार, अनुसन्धान, मानवीय गतिविधिका महत्वपूर्ण एवं ऐतिहासिक पक्षको प्रदर्शनी, उपकरण सङ्कलन र जानकारीमूलक सामग्रीसमेत प्रदर्शनमा राखिएको छ ।

नेपाल पर्वतारोहण सङ्घले खरिद गरेको १०० रोपनी क्षेत्रफल जग्गामा पैmलिएको सङ्ग्रहालयको बाहिरी भागमा मनास्लु हिमालको प्रतिरूप निर्माण गरिएको बताउँदै उक्त मनास्लु मोडल अध्ययन अवलोकनकर्ताका लागि छुट्टै आकर्षणको केन्द्र बनेको जनाएको छ ।

विगतमा दैनिक अवलोकनकर्ताले भरिभराउ भएका कारण टिकट काट्ने, चेक गर्ने र गाइडहरु र सरसफाइका कर्मचारीहरु व्यस्त देखिने सङ्ग्रहालय २०७६ चैत ११ देखि २०७७ मङ्सिरको शुरु अवस्थासम्म सुनसान छ । त्यसबाट सङ्ग्रहालयलाई करोडौँको घाटा परेको महासचिव गुरुङको भनाइ छ । सङ्ग्रहालयमा हिमाल आरोहणमा प्रयोग भएका विभिन्न सामग्रीका साथै विगतलाई स्मरण गराउने तस्बिरसमेत प्रदर्शन गरिएको छ ।

सङ्ग्रहालयका निर्देशक शङ्कर गौतमका अनुसार सङ्ग्रहालयमा सङ्ग्रह गरिएका पुरातात्विक महत्वका सामग्रीको सुरक्षा र सरसफाइका लागि विगतमा दैनिक चार कर्मचारीको व्यवस्था गरिएकामा बन्दाबन्दीको समयमा सबै कर्मचारी आलोपालो गरेर खटिएका छन् ।

“भदौदेखि मङ्सिरसम्म सङ्ग्रहालयमा जात्रा लागेको जस्तै देखिन्थ्यो”, उनले भने, “यतिखेर सुनसान सङग्रहालयमा पछिल्लो समय पर्यटक गेटमा आएर बन्द भएपछि फर्कने गरेका छन् ।” बन्द भएका कारण मङ्सिर ३ गते बुधबार मात्र अवलोकन गर्न आएका १५ जनाको टोली फर्कियो ।

पर्यटकीय नगरी पोखराको दक्षिणी भेगमा पर्ने सङ्ग्रहालयस्थलबाट माछापुच्छ्रे अन्नपूर्ण, धवलागिरि, लमजुङलगायतका हिमशिखर दृश्यावलोकन गर्न सकिन्छ । पोखराको मौसम सफा भई चाँदीजस्तै टलक्क टल्कने हिमालको दृश्यावलोकन तथा आकाशमा चराजस्तै गरेर उड्ने प्याराग्लाइडिङलगायतका विभिन्न साहसिक खेलमा व्यवसायीले छुट दिएसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।

कोरोनाका सङ्क्रमणका बाबजुद लामो समयपछि भ्रमणका लागि बाहिर निस्केका पर्यटक सङ्ग्रहालय बन्द हुँदा गेटमा पुगेर यात्रा अधुरो भएको अनुभव सुनाउँदै फर्कने गरेका छन् । पोखरा र आसपासमा अन्तर्राष्ट्रिय सङ्ग्रहालयसहित पोखरा क्षेत्रीय सङ्ग्रहालय, सिग्लेसस्थित गुरुङ जातिका विविध पक्ष समेटिएको इको म्युजियम, पृथ्वीनारायण क्याम्पसस्थित सङ्ग्रहालय आदि रहेका छन् । यी सबै सङ्ग्रहालयमा यतिखेर सङ्कलित सामग्री संरक्षण गर्नु गम्भीर चुनौती बनेको सङ्ग्रहालयका सञ्चालकहरू बताउँछन् । -रासस

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  १० : १२ बजे

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल

बिहीबार वर्षाले अवरुद्ध नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ को सिरिज आजदेखि

काठमाडौं । बिहीबारदेखि हुने भनेको नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

आजको मौसम : बाग्मती र गण्डकीमा बिहानैदेखि वर्षा, दिउँसो यी पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । बाग्मती प्रदेशसहितका केही स्थानमा आज वर्षाको सम्भावना छ

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा