२८ चैत्र २०८२, शनिबार | April 12, 2026

बेलायतमा एकै दिन २३ हजार कोराना सङ्क्रमित, ५०१ को मृत्यु



लण्डन । बेलायतमा एकै दिन करिब २३ हजार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको बताइएको छ ।सरकारी स्रोतले उपलब्ध गराएको तथ्याङ्कमा बेलायतमा यही बिहीबार एकै दिन २२ हजार ९२५ जना कोरोनाका सङ्क्रमित देखिएका बताइएको हो ।

यहाँका स्वास्थ्य अधिकारीका अनुसार बिहीबार थपिएका ती सङ्क्रमितसहित यहाँ कोरोना सङ्क्रमितहरुको सङख्या १४ लाखभन्दा बढी पुगेको छ । बिहीबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा यहाँ सङ्क्रमितहरुको सङ्ख्या १४ लाख ५३ हजार ९६७ जना पुगेको जनाइएको हो ।

बेलायतमा यसरी एकैदिन यति धेरै सङ्क्रमित फेला पर्न थालेको पनि महिना दिनभन्दा पनि बढी भएको पनि स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । साथै यहाँ एकै दिनमा ५०१ जना सङ्क्रमितको मृत्यु भएको बताइएको छ । यो सङ्ख्या बेलायतमा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको सङ्ख्या ५३ हजार ७७५ पुगेको छ ।

पछिल्लो महिना यहाँ सङ्क्रमितको सङ्ख्या बढेसँगै मृतकहरुको सङ्ख्या पनि बढेको बताइएको छ । यहाँ कोरोनाको दोस्रो लहरको संक्रमण शुरु भएको बताइएको छ । जसका कारण बेलायतका केही ठाउँमा अझै लकडाउन जारी रहेको छ । यहाँको सरकारले यो तथ्याङ्कले बेलायतमा सङ्क्रमणले थप चिन्ता बढाइदिएको बताएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ६ : ३० बजे

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा

मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

मोरङको बुढीगंगा गाउँपालिका-3२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख