२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

आजको मौसम : पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदलीसंगै हल्का वर्षाको सम्भावना



काठमाडौं । हाल देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको विकास भएको छैन । हाल प्रदेश १ र बाँकी प्रदेशका पहाडी भू-भागको मौसम आंशिक बदली भएको छ ।

देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशका पहाडी भू-भागको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

त्यसैगरी आज राती देशको पहाडी भू-भागको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ । देशका बांकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ६ : ४३ बजे

खजुराबाट जुवातास खेलिरहेका १३ जना पक्राउ

खजुरा । बाँकेको खजुराबाट जुवातास खेलिरहेका १३ जनालाई प्रहरीले रङ्गेहात

भैरहवामा ‘सिद्धार्थ फुड एन्ड फन’ हुँदै

भैरहवा । भैरहवामा आगामी जेठ ९ र १० गते ‘सिद्धार्थ

‘एसइई’मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार

नवलपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चार ‘जिपिए’ ल्याएर उत्तीर्ण

भोलीदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

काठमाडौं । प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्वकार्यवाहक सभापति खड्का

कर्णाली । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस