३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

बाँकेमा उपचाररत ४२ जना कोरोना संक्रमितको अवस्था गम्भीर



नेपालगन्ज । बाँकेमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितहरुको मृत्यु हुनेको संख्या बढेको देखिएको छ । जिल्लामा ३७ जना जिल्ला भित्रका र ४४ जना बाँके बाहिरका संक्रमितको मृत्यु हुँदा विभिन्न अस्पतालको आइसोलेशनमा उपचाररत ४२ जनाको अवस्था अहिले पनि चिन्ताजनक अवस्थामा रहेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी)बाँकेले जनाएको छ ।

सीसीएमसीको तथ्यांक अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका ९ महिला र १५ पुरुष गरि २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने कोहलपुरका ७, खजुराका दुई, जानकी, बैजनाथ, राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका एक–एक जनाको मृत्यु भएको छ । बाँकेको डुडुवा गाउँपालिका भने आज सम्म मृत्यु भोग्नु नपरेको पालिकाका परेको छ ।

बाहिरी जिल्लाबाट उपचारका लागि आएका मध्ये सवैभन्दा धेरै दाङबाट उपचारका लागि आएका संक्रमितको मृत्यू भएको छ । दाङका १८, बर्दियाका ८, कैलाली र कञ्चनपुरका चार–चार, सुर्खेतका ३, दैलेखका दुई, अर्घाखाँची, पश्चिम रुकुम, अछाम र रोल्पाका एक–एक जना कोरोना संक्रमितको उपचारको क्रममा बाँकेका आइसोलेशनमा मृत्यु भएको सीसीएमसी बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार बाहिरी जिल्लाबाट उपचार गराउन आएकाको अधिकांश शिक्षण अस्पतालमा मृत्यु भएको छ । बाहिरी जिल्लाका भेरी अस्पतालमा १७, शिक्षण अस्पतालमा २६ र वेष्टर्न अस्पतालमा एकको मृत्यु भएको श्रेष्ठले बताए ।

मृतक मध्य बाँकेमा एक जनाको क्वारेन्टिन र एक जनाको होम आइसोलेशनमा मृत्यु भएको छ ।

बाँकेको दुईवटा अस्पतालको कोरोना आइसोलेशनमा रहेका ४२ जना गम्भीर संक्रमित मध्य भेरी अस्पतालको आइसोलेशनमा रहेका ३२ जना र नेपालगन्ज मेडिकल कलेजमा १० जनाको अवस्था गम्भिर रहेको श्रेष्ठले बताए ।

स्वास्थ्य मापदण्ड अनुसार अक्सिजन चढाएका बिरामीलाई गम्भीर भन्नु पर्ने भएपनि अधिकांस संक्रमितहरुको निको हुने सम्भावना बढी हुने श्रेष्ठको भनाई छ ।

भृरी अस्पतालमा ७२ जना र शिक्षण अस्पताल कोहलपुर आइसोलेशनमा ३९ जना कोरोना संक्रमितको उपचार भइृरहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  १० : ०६ बजे

टी-२० विश्वकपमा भारत-पाकिस्तान भिडन्त : टस जितेर पाकिस्तानद्वारा पहिले बलिङको निर्णय

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत क्रिकेट जगतकै सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये

उद्योग, समाजसेवा र राजनीतिमा उभिएको व्यक्तित्व : चुन्नप्रसाद शर्मा पौडेल

बुटवल । समयको प्रवाहसँगै धेरै मानिसहरू जन्मन्छन् र हराउँछन्, तर

अधिकांश दलले सार्वजनिक गरे निर्वाचन घोषणापत्र

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने अधिकांश राजनीतिक

दलहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन – प्रचारदेखि आचारसम्म कडाइ

काठमाडौं । निर्वाचन आयोग ले फागुन २१ गते हुने निर्वाचनलाई

रुकुमको समग्र विकासका लागि उम्मेदवार बनेर आएँ : प्रचण्ड

रुकुमपूर्व। नेपाली कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले पुथा