७ आश्विन २०८३, बुधबार | September 23, 2026

बाँकेमा एकै रात २ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । उपचारका लागि दाङबाट बाँके पुगेका थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङका दुई जना संक्रमित पुरुषको गय राती उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।

जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का अनुसार घोराही उपनहानगरपालिका वडा नम्बर ९, बनगाउँ दाङका ६७ बर्षिय कोरोना संक्रमित एक पुरुषको उपचारका क्रममा शनिबार राती ११ः५० बजे मृत्यु भएको थियो भने नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमै दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९, बेलुवाका ६८ बर्षिय पुरुषको आइतबार बिहान १ः४० बजे मृत्यु भएको हो ।

मेडिकल कलेजको कोभिड(१९ आइसोलेसन वार्डमा भर्ना भएका उनिहरुलाई उपचारका क्रममा अक्सिजन, रेमडिसिभर, सिप्याप, डेक्सोना, एन्टिबायोटिक लगायतका सम्पुर्ण विधि अपनाउँदा पनि बचाउन नसकिएको सीसीएमसी बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यो सङ्गै जिल्ला बाहिरबाट बाँकेमा कोरोनाको उपचार गराउन आई मृत्यु हुनेको संख्या ४६ पुगेको छ । दाङबाट उपचारकालागि बाँके पुगेका कोरोना संक्रमित मध्य मृत्यु हुनेको संख्या २० पुगेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ८ : ०५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई