१७ बैशाख २०८१, सोमबार | April 29, 2024

बाँकेमा एकै रात २ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । उपचारका लागि दाङबाट बाँके पुगेका थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङका दुई जना संक्रमित पुरुषको गय राती उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।

जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का अनुसार घोराही उपनहानगरपालिका वडा नम्बर ९, बनगाउँ दाङका ६७ बर्षिय कोरोना संक्रमित एक पुरुषको उपचारका क्रममा शनिबार राती ११ः५० बजे मृत्यु भएको थियो भने नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमै दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९, बेलुवाका ६८ बर्षिय पुरुषको आइतबार बिहान १ः४० बजे मृत्यु भएको हो ।

मेडिकल कलेजको कोभिड(१९ आइसोलेसन वार्डमा भर्ना भएका उनिहरुलाई उपचारका क्रममा अक्सिजन, रेमडिसिभर, सिप्याप, डेक्सोना, एन्टिबायोटिक लगायतका सम्पुर्ण विधि अपनाउँदा पनि बचाउन नसकिएको सीसीएमसी बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यो सङ्गै जिल्ला बाहिरबाट बाँकेमा कोरोनाको उपचार गराउन आई मृत्यु हुनेको संख्या ४६ पुगेको छ । दाङबाट उपचारकालागि बाँके पुगेका कोरोना संक्रमित मध्य मृत्यु हुनेको संख्या २० पुगेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ८ : ०५ बजे

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा