१३ श्रावण २०८३, बुधबार | July 29, 2026

महासंघका पूर्व उपाध्यक्ष ताम्राकारको समर्थन ढकाल समूहलाई



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष एवं प्रभावशाली व्यवसायी कृष्ण ताम्राकारले चन्द्र ढकाल समूहलाई समर्थन गर्ने भएका छन् । चन्द्र ढकाल समूहका उम्मेद्वारहरुलाई भक्तपुर स्थित निवासमै बोलाएर ताम्राकारले समर्थन गर्ने प्रतिवद्धता जनाएका हुन् ।

वस्तुगत उपाध्यक्ष एवं सोहि पदका उम्मेदुवार उमेशलाल श्रेष्ठको नेतृत्वमा उद्योगी व्यवसायीको टोलि ताम्राकारलाई भेट्न शनिबार उनको निवासमा पुगेको थियो । योग्य मान्छेलाई नै महासंघको नेतृत्व दिनु पर्ने भन्दै उनले चन्द्र ढकाल समूह यसका लागि योग्य भएको बताए ।

‘महासंघको भूमिका अझै सशक्त हुनुपर्छ, यसका लागि सहि नेतृत्व पनि चाहिन्छ’ उनले भने, ‘तपाईहरु यसका लागि योग्य हुनुहुन्छ, महासंघलाई थप उचाई दिने गरी काम गर्नुहोला मेरो समर्थन छ ।’ विधान संशोधन भएर जिल्ला नगर उपाध्यक्ष पद सिर्जना भएपछिका पहिलो जिल्ला नगर उपाध्यक्ष बनेका ताम्राकार सुरज वैद्यसँग अध्यक्षमा चुनाव लड्ने तयारी गरेका थिए ।

पछि सहमतिमा उम्मेद्वारी नदिएका उनी त्यसयता महासंघको कार्यसमितिमा छैनन् । कार्यसमितिमा नभए पनि उनको भूमिका महासंघका प्रभावशाली मानिन्छ ।

देशभरमा जिल्ला नगर र वस्तुगतमा राम्रो उनको प्रभाव रहेको छ भने उनी भक्तपुरका व्यवसायीहरुका सर्वमान्य अग्रज नेता हुन् । ताम्राकारको समर्थन पछि चन्द्र ढकाल समुह थप वलियो बनेको उपाध्यक्ष उमेशलाल श्रेष्ठले बताए ।

‘कृष्ण दाइको समर्थनले हामी थप मजदवुद बनेका छौं, हामीले जित्ने निश्चित छ’ उनले भने । ताम्राकारको निवासमा उद्योगी व्यवसायीहरु हेमराज ढकाल, प्रकाशसिंह श्रेष्ठ, कमला श्रेष्ठ, बिनोद ढकाल, सुवास भण्डारी, किरण डंगोल, आकाश अधिकारी, सुर्य मगर, जय सिवाकोटी, हरिबहादुर कार्की, नरेशलाल श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, रवीनकुमार श्रेष्ठ, सुमित केडिया लगायत पुगेका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ९ : ०८ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ