६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

मोबाइल भ्यानबाट स्वाव संकलन गर्दै काठमाडौं महानगर



काठमाडौं । कोरोना भाइरस कोभिड—१९ को निःशुल्क पीसीआर परीक्षणका लागि काठमाडौं महानगरपालिकाले स्वाव संकलन सुरु गरेको छ ।

महानगरभित्र रहेका अशक्त, असहाय र जेष्ठ नागरिकहरुको पीसीआर परीक्षणका लागि मोबाइल भ्यान मार्फत स्वाव संकलन सुरु गरेको हो ।

चाहेरपनि स्वाव संकलन केन्द्रमा जान नसक्ने अशक्त, जेष्ठ नागरिकहरुको मोबाइल भ्यान मार्फत स्वाव संलकनको काम सुरु भएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।

सरकारले घोषणा गरेअनुसार लक्षीत समूहको निःशुल्क परीक्षण गर्ने उल्लेख गर्दै शाक्यले परीक्षण आफै गर्न सक्ने क्षमता भएकाहरुलाई शुल्क तिरेरै गर्न आग्रह गरे ।

कोरोना नियन्त्रणका लागि सरकारले आफ्नो तर्फबाट कडा मेहनत गरिरहेपनि समुदायस्तरबाट सहयोग नभए नियन्त्रणमा नआउने उनले बताए । उनले स्थानीय स्तरबाट नै कोरोना महामारी विरुद्ध लड्न सहयोग गर्नुपन बताए ।

काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक टे«सिङमा परेका र लक्षण देखिएकालाई मात्र पीसीआर टेष्ट गर्न मेयर शाक्यले आग्रह गरे ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले महानगरपालिकालाई परीक्षणका लागि एउटा मोबाइल भ्यान हस्तानतरण गरेको छ । सोही मोबाइल भ्यानबाट स्वाव संकलन गरिने उनले बताए ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  १ : ५३ बजे

केन्द्रीय बसपार्कभित्र छिर्न मान्दैनन् कतिपय ‘सार्वजनिक बस’

काठमाडौँ । सरकारले देशभरबाट यात्रु बोकेर काठमाडौँ आएका सार्वजनिक सवारीसाधनलाई

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजदेखि ‘एमआरआई’सेवा सुरु भएको

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा

स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको

हुरीका कारण केरामा क्षति

चितवन । हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही