१३ श्रावण २०८३, बुधबार | July 30, 2026

आजको मौसम : पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली, हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना



काठमाडौं । हाल देशको पश्चिम क्षेत्रका उच्च हिमाली भेगमा पश्चिमी वायुको प्रभाव देखिएको छ । हाल सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।

त्यस्तै अन्य प्रदेशका पहाडी भूभागहरुको मौसममा आंशिक बदली रहेको छ । त्यसैगरी देशका अन्य भू-भागको मौसम सामान्यता सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ । बाँकी प्रदेशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहनेछ ।

त्यस्तै देशका अन्य भू-भागको मौसम सामान्यता सफा रहनेछ । सुदूर पश्चिम र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ ।

बाँकी प्रदेशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहनेछ । त्यसैगरी देशका अन्य भू-भागको मौसम सामान्यता सफा रहनेछ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ६ : ३३ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ