२१ भदौ २०८३, आइतबार | September 6, 2026

बर्दिबासमा ६ वर्षीया बालिकाको हत्या, बलात्कारपछि हत्या गरिएको भन्दै स्थानीयको प्रदर्शन



महोत्तरी । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्या भएको छ।

बर्दिबास नगरपालिका वडा नं. १४ निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुन आइतबारदेखि वेपत्ता थिइन । साँझ चकलेट किन्न भनेर घरबाट निस्किएकी खातुन घर फर्किनन् ।

बालिका खातुनको शव सोमबार राति घर नजिकैको खेतमा फेला परेको छ । खातुनको हत्या गरेर शवलाई बोरामा बेरेर झाडीमा फालेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

प्रहरीले बालिका हत्याको आरोपमा गौशाला ५ घर भै बर्दिबासमै किराना पसल गर्ने २५ वर्षीय अरुण कुमार साहलाई पक्राउ गरेको छ । साहले खातुनको हत्या गरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले बताएका छन् ।

पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै यथार्थ थाहा हुने प्रहरीले जनाएको छ । बलात्कार गरेर हत्या गरेको हो या होइन भन्ने कुरा भने अनसुन्धान पछि मात्रै थाहा लाग्ने रेग्मीले बताए ।

स्थानीयले भने घटनाको प्रकृति हेर्दा बलात्कार पछि हत्या गरेको आंशका गरेका छन् । साहले बलिकालाई अपहरण गरेर घरमा लगेको बलात्कार गरेपछि हत्या गरेको आरोप स्थानीयको छ ।

बालिका हत्या भएको आशंका गर्दै स्थानीय बासिन्दाले बर्दिबास राजमार्ग क्षेत्रमा आज बिहानैदेखि प्रदर्शन गरेका छन् । स्थानीयले गरेको प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्गमा सवारी आवगमन ठप्प भएको छ ।

 

 

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ९ : १५ बजे

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि