१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

दाङबाट सात जना जुवाडे पक्राउ



दाङ । दाङबाट सात जुवाडेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका–२ लालमटियास्थित गोपाल खत्रीको घरमा राप्ती गाउँपालिका–३ निवासी २१ वर्षीय यमबहादुर राणाले सञ्चालन गरेको राप्ती फेम्ली रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा एक लाख ४६ हजारसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार प्युठान सरुमारानी गाउँपालिका–३ निवासी ५० वर्षीय चुमानसिंह सुनार, सोही ठाउँका ३५ वर्षीय अल्ली शाहलाई पक्राउ गरिएको हो । यसैगरी सरुमारानी–१ का २४ वर्षीय एडिस मियाँ, सोही ठाउँका ४० वर्षीय अकबर हुसेन मियाँ, सोही गाउँपालिका–३ निवासी ४४ वर्षीय कृष्णबहादुर राना, राप्ती गाउँपालिका–२ निवासी यमबहादुर राना र सोही गाउँपालिका–१ निवासी ४२ वर्षीय रुपेश आले लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट जुवामा प्रयोग हुने १० गड्डी तास र एक थान गलैँचासमेत बरामद गरेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ९ : ३३ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना