४ पुस २०८२, शुक्रबार | December 20, 2025

बैतडीमा जीप दुर्घटना, ५ जनाको मृत्यु



बैतडी। सुदूरपश्चिमको बैतडी जिल्लामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् ।

नेपाल–भारत सीमा क्षेत्र झुलाघाटबाट गोठलापानी जाँदै गरेको गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका वडा नं. १० बुड्डामा दिउँसो १ बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा परेका पाँचै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिकाकी ७५ वर्षीया पार्वती चन्द, पाटन नगरपालिका–५ की पार्वतीदेवी चन्द, पाटन नगरपालिका-५का भगिरथ पाण्डेय, दशरथचन्द नगरपालिका-२ देहिमाडौंका ५८ वर्षीय कृष्ण लावड र सुनर्या गाउँपालिकाकी ७५ वर्षीया कलावती चन्द रहेका छन् ।

जीपमा ११ जना यात्रु रहेका थिए । जसमध्ये २ जना यात्रु भने सकुशल छन् । घाइते तीन जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भैरहेको छ । जिप चालक गोपाल कार्कीको अवस्था गम्भीर भएपछि थप उपचारका लागि धनगढी पठाइएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ३ : ३९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको