१ माघ २०८१, मंगलबार | January 14, 2025

उर्जा बचत कार्य गरे वापत राष्ट्रिय वाणिज्य बैंकद्वारा विभिन्न कम्पनीलाई अनुदान रकम हस्तान्तरण



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जर्मन सरकारबाट KFW बैंकमार्फत प्राप्त अनुदान सहयोगमा संचालित Energy Efficiency Program Nepal को अनुदान सहयोग कार्यक्रमअन्र्तगत विभिन्न कम्पनीलाई रकम हस्तान्तरण गरेको छ ।

जसअनुसार प्रिमियर अर्गानिक्स् प्रालीलाई ५३ लाख ५१ हजार पाँच सय चौरासी रुपैंया, हुलास स्टील इन्डस्ट्रिज प्रालीलाई ३३ लाख १५ हजार छ सय रुपैंया, प्रिमियर स्टिल प्रालीलाई १७ लाख आठ हजार चार सय छपन्न रुपैंया रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदानप्रदान तथा अनुदान रकमको चेक मंगलबार एक समारोहका बिच हस्तान्तरण गरिएको छ ।

चेक हस्तान्तरण गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान गरे । सीईओ श्रेष्ठले यस्तो अनुदानले उर्जाको बचत गरी राष्ट्रकै लागि योगदान पुग्ने बताए ।

नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता भएको थियो । जसअनुसार राष्ट्रिय वाणिज्य बैंकले Energy Efficiency Program Nepal आयोजना कार्यन्वयनको लागि Project Executing Agency (PEA) को रुपमा सहायता सम्बन्धि कार्य गर्ने गरेको छ ।

यस आयोजनाअन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलव्ध गराइने छ ।

यस आयोजनाअन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्विकृत अनुदान कार्यविधि भित्र रही अधिकतम १ करोड सम्मको सहायता रकमका लागि दरखास्त दिन पाइन्छ ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकरी अधिकृतहरु सरस्वती अधिकारी, देबेन्द्ररमण खनाल, देवेश प्रसाद लोहनी, विभागीय प्रमुख विनयरमण पौडेल, एडेल्फीका कन्सल्टैण्ट ज्ञानेन्द्र उपाध्याय, अनुदान रकम प्राप्त गर्ने कम्पनीका निर्देशकहरु क्रमशः गौरब शारदा, हितेश गोल्छा, अभिजित सिंह लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ४ : ११ बजे

बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा तत्काल ध्यान दिन सरकारलाई अध्यक्ष प्रचण्डको आग्रह

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

गुल्मीको अग्लुङ-प्युठान सीमामा जिप दुर्घटना, १२ जना घाइते

गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न

काठमाडौँ । नेपाली सेना र भारतीय सेना सम्मिलित संयुक्त सैनिक

मेयर कप भलिबल : उपाधिको लागि मणिमुकुन्द र गोलपार्क भिड्ने

बुटवल । माघे संक्रान्तिको अवसर पारेर बुटवलमा संचालन भएको प्रथम

विद्यालय परिषरमै सुरु भयो मदिरालय सहित बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला-२०८१ (फोटो फिचरसहित)

बुटवल । व्यापक आलोचनाका बीच बुटवलमा खाना महोत्सव तथा माघेसक्रान्ती