१७ बैशाख २०८२, बुधबार | April 30, 2025

सरकार पाँच वर्षसम्म ढुक्कले सञ्चालन हुन्छ : मन्त्री श्रेष्ठ



विराटनगर । सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले वर्तमान सरकार पाँच वर्षसम्म ढुक्कले सञ्चालन हुने दाबी गरेका छन् ।

विराटनगरमा मंगलबार साँझ सञ्चारकर्मीसँग कुुरा गर्दै मन्त्री श्रेष्ठले नेपाली जनताले पाँच वर्षसम्म स्थिर सरकार चलाउने जनादेश दिएकाले नेपालको इतिहासमा यो सरकार पूरा अवधि सञ्चालन हुने बताए ।

मन्त्री श्रेष्ठले मुुलुुकको राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि जनताले पार्टीलाई दुुई तिहाई नजिकको जनादेश दिएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकार पूर्ण अवधिसम्म चल्ने दाबी गरे ।

जनताले दिएको मतका आधारमा पूरा पाँच वर्षे सरकार चलाएर इतिहास रच्ने अभियानमा नेकपाकै नेता कार्यकर्ताले विथोल्ने काम गर्लान भन्ने आफूहरुलाई नलागेको पनि उनले विश्वास व्यक्त गरे ।

उनले नेपाल कम्यूनिष्ट पार्टी नेकपा ठूलो पार्टी भएकाले पार्टी भित्र केहि असहमति हुनु स्वाभाविकै भएकाले अहिले देखिएको विवादलाई कुशल व्यवस्थापन गर्न पार्टी नेतृत्व संक्षम रहेको जनाए ।

नेकपा पार्टी एउटा ठूलो घर जस्तो हो उनले भने, ‘ठूलो घरको ठूलै चाला हुन्छ । ठूलठूलो समुद्रमा आँधी आउँछ , छाल आउँछ यसलाई के के न भएको नठान्नु होला । पानी अलिकति चलेकै हो समुद्र केही समयपछि शान्त हुन्छ ।’

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ९ : ०७ बजे

गृहमन्त्री लेखक र भाजपा बिदेश विभाग प्रमुखबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका विदेश

शिक्षा मन्त्रालयमा शिक्षक र सरकारबीच वार्ता

काठमाडौं। सरकार र आन्दोलनरत शिक्षक महासंघबीच वार्ता भैरहेको छ ।

रेशम चौधरी डिल्लीबजार कारागार चलान

काठमाडौं । पार्टी एकता घोषणा सभामा पक्राउ परेका नागरिक उन्मुक्ति

नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी पक्राउ, एकता सभा स्थगित

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ पर्नुभएको

‘गणतन्त्र आएपछि केही भएन भन्ने भाष्य ठीक होइन’

कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं