१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

अमेरिकामा ट्रम्प प्रशासनबाट पराजय स्वीकार, निर्वाचित राष्ट्रपति बाइडेनले सार्वजनिक गरे क्याविनेटमन्त्री र उच्चपदस्थको नाम



न्यूयोर्क । नवनियुक्त अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ट्रम्प प्रशासनले औपचारिक रुपमा संक्रमण प्रकृया सुरु गर्न अनुमति दिएको छ ।

जनरल सर्भिस एडमिनिस्ट्रेशनले आफूहरु औपचारिक रुपमा संक्रमण प्रकृया सुरु गर्न तयार रहेको बाइडेनलाई जानकारी दिएको छ ।

बाइडेनलाई राष्ट्रपतिको क्षेत्राधिकारमा रहेका मुख्य कोष, कार्यालय क्षेत्र, गोप्य खुफिया ब्रिफिङ र एजेन्सीहरुमा पहुँच प्रदान गरिएको छ ।

यो जानाकारीसँगै ट्रम्प प्रशासनले डोनाल्ड ट्रम्पको पराजयलाई स्वीकारेको बुझिएको छ । जो बाइडेन अमेरिकी राष्ट्रपति बन्ने घोषणा भएको दुईसातापछि संक्रमण प्रकृया सुरु गरिएको हो ।

प्रशासन एमिली मर्फीले आफूलाई औपचारिक संक्रमण प्रकृयामा ढिलाई गर्नका लागि आफूलाई ह्वाइट हाउसबाट कुनै दवाव नआएको बताएकी छिन् । कानुनमा आधारित रहेर आफूले स्वतन्त्र तरिकाले निर्णय गरेको उनले बताएकी छिन् ।

उता नवनियुक्त बाइडेनले सोमबार नै आफ्नो मन्त्रिपरिषद र प्रशासनमा नियुक्त गर्ने उच्चपदस्थहरुको नाम समेत सार्वजनिक गरिसकेका छन् । क्युबामा जन्मिएका अलेहान्द्रो मेयरकासलाई बाइडेनले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका प्रमुख ९गृहमन्त्री० मा नियुक्त गर्ने भएका छन् । उनी होमल्याण्ड सेक्युरिटीको नेतृव गर्ने पहिलो ल्याटिनो हुनेछन् ।

त्यस्तै राष्ट्रिय खुफिया एजेन्सीको प्रमुखमा बाइडेनले एभ्रिल हेन्सलाई नियुक्त गर्ने भएका छन् । उनी सीआईएको पूर्व सहायक निर्देशक हुन् । उनले ओबामाको कार्यकालमा मुख्य सहायक राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा काम गरेकी थिइन् । अमेरिकाको खुफियामा पहिलोपटक महिलालाई नेतृत्व दिइने भएको छ ।

अमेरिकामा राष्ट्रिय खुफिया निर्देशक मन्त्रिस्तरको पद हो । जसले अमेरिकाका विभिन्न १७ वटा खुफिया एजेन्सीहरुको प्रमुखका रुपमा काम गर्छ । जसमा सीआईए, डीआईए, सीजीआई लगायत रहेका छन् ।

बाइडेनले यस अगाडि चिफ अफ स्टाफमा रोन क्लेनको नाम छनौट गरिसकेका छन् । त्यस्तै राष्ट्रिय सुरक्षा सल्लाहकारमा ज्याक सुलिभानको नाम छनौट गरेका छन् । राष्ट्रसंघका लागि राजदूतमा लिण्डा ग्रिनफिल्डलाई छनौट गरेका छन् ।

बाइडेनले विदेशमन्त्रीमा एन्टोनी ब्लीङकेनलाई छनौट गरेका छन् । ब्लीङकेन लामोसमयदेखि विदेश नीतिका सल्लाहकार रहँदै आएका छन् । ओबामा राष्ट्रपति हुँदा उनले उपविदेशमन्त्री र राष्ट्रिय सुरक्षा उपसल्लाहकारका रुपमा काम गरेका थिए ।

उनले ओबामा प्रशासनका बेलामा विदेश नीतिका सन्दर्भमा मुख्य भूमिका खेलेका थिए । क्रिमियामाथि रसियाको आक्रमणको कस्तो प्रतिकृया जनाउनेदेखि ओसामाबिन लादेनमाथिको आक्रमण र आईसीसीबिरुद्धको लडाईमा उनले मुख्य भूमिका खेलेका थिए ।

ब्लीङकेनले बिल क्लिन्टनका पालामा समेत राष्ट्रिय सुरक्षा परिषदमा काम गरेका थिए । उनले युरोप मामलाका लागि बरिष्ठ निर्देशकका रुपमा समेत काम गरेका थिए । उनी क्लिन्टनको विदेश नीतिबारे भाषण लेख्ने प्रमुख व्यक्ति समेत थिए । ट्रम्पले बिभिन्न देशसँग बिगारेको सम्बन्ध सुधार गर्दै अमेरिकी विदेश नीतिलाई सुदृढ गर्नु उनको मुख्य भूमिका हुनेछ ।

५८ बर्षका ब्लीङकेन मध्यमार्गी व्यक्तित्वका रुपमा परिचित छन् । पेरिसमा हाइस्कुलको अध्ययन गरेका उनले हार्भर्डबाट अण्डरग्रयाजुएट डिग्री हासिल गरेका थिए । त्यस्तै कोलम्बियाबाट कानूनको विषयमा डिग्री हासिल गरेका थिए । उनका पिता डोनाल्ड पनि हार्भर्ड ग्रयाजुएट हुन्, जसले हंगेरीका राजदूत भएर समेत काम गरेका थिए ।

ब्लीङकेनले पत्रकार र वकिलका रुपमा काम गरेका थिए । उनी बाइडेनको चुनावी अभियानमा विदेश नीतिको मुख्य अनुहार रहेका थिए । उनले इरान आणविक सम्झौतामा अमेरिकाको पुन प्रवेशका लागि समेत वकालत गर्दै आएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ९ : ३६ बजे

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी । महोत्तरी कारागार जीर्ण भएको छ । सङ्घीय संसद्को