४ पुस २०८२, शुक्रबार | December 20, 2025

भारतीय कांग्रेस वरिष्ठ नेता अहमद पटेलको निधन



एजेन्सी । भारतीय कांग्रेसका वरिष्ठ नेता अहमद पटेलको निधन भएको छ ।

झण्डै एक महिना अघि कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएका ७१ वर्षका पटेलको गएराति साढे ३ बजेतिर निधन भएको परिवारले बताएका छन् ।

एकैपटक विभिन्न अंगले काम गर्न छाडेपछि उनको निधन भएको पटेलका छोरा फैसलले ट्वीट गरेर जानकारी दिएका छन् । उनले कोरोना भाइरसको संक्रमणबाट जोगिन सबै नियमको कडाईका साथ पालना गर्न र व्यक्तिगत दुरी कायम गर्न तथा सामूहिक कार्यक्रम आयोजना नगर्न सबैलाई सुझाव पनि दिएका छन् ।

पटेल कांग्रेस पार्टीका कोषाध्यक्ष थिए । पटेल कांग्रेस प्रमुख सोनिया गान्धीको राजनीतिक सल्लाहकार रहेका बेलासम्म निकै शक्तिशाली रहे ।

उनी सन् १९८५ मा राजीव गान्धीको संसदीय सचिव बनेका थिए । उनी कांग्रेस पार्टीको कोषाध्यक्षको रुपमा २०१८ मा नियुक्त भएका थिए । आठ पटक सासंद् बनेका पटेल तीन पटक लोकसभामा र पाँच पटक राज्यसभामा चुनिएका थिए ।

 

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ७ : ५७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको