२९ चैत्र २०८२, आइतबार | April 12, 2026

बिहीबार बिहान ६ बजेसम्म बर्दिबासमा निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन नपाउने, राजमार्ग सुचारु



बर्दिबास । महोत्तरी प्रशासनले बर्दिबास नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

बालिका बलात्कारपछि हत्या भएको भन्दै विरोध प्रदर्शनमा सहभागी एक स्थानीयको मृत्यु भएपछि बर्दिबासबासीले पुनः प्रदर्शन चर्काउन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरको हो ।

मंगलबार भएको प्रदर्शनमा बालिका हत्या गर्ने भनिएका अरुण गुप्ताको घर आगजनी रोक्न खोज्दा प्रहरीले हानेको गोली लागेर घाइते भएका स्थानीय सञ्जय न्यौपानेको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको थियो ।

न्यौपानेको मृत्युपछि स्थानीयले प्रशासनको विरुद्धमा बुधबार बिहानैबाट प्रदर्शनलाई थप चर्काउन थालेपछि तनाब रोक्न प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म बर्दिबासमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जनाएका छन् ।

पूर्वमा वार्ड नं १ को रातो खोला, पश्चिममा वार्ड नं ५ को माइस्थान, उत्तरमा वार्ड नं ३ को पाटु र दक्षिणमा वार्ड नं ८ को क्वार्टर चोकसम्म निषेधाज्ञा लगाइएको प्रशासनले जनाएको छ । त्यसअवधिमा राजमार्ग सुचारु रहनेछ भने निषेधाज्ञा क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन पाउनेछैनन् । बुधबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकमा निषेधाज्ञा लगाउने निर्णय भएको थियो ।

गत आइतबार साँझबाट वेपत्ता भएकी बर्दिबास नगरपालिका १४ का सहिद आलमका ६ वर्षीया छोरीको हत्या गरेर बोरामा शव राखेको अवस्थामा मंगलबार बिहान फेला परेको थियो ।

स्थानीय अरुणकुमार गुप्ताले बलात्कारपछि हत्या गरेको स्थानीयले आरोप लगाउँदै मंगलबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  १२ : ४० बजे

प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन

मुम्बई । भारतीय संगीतकी प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षको

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति

अमेरिका-इरान वार्ता स्थगित, मतभेद कायमै

इस्लामावाद । अमेरिका र इरानबीच पाकिस्तानको इस्लामाबादमा भएको उच्चस्तरीय वार्ता

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-४

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्