६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

केपी ओली नेतृत्वको सरकार सानातिना व्यवधानले ढल्दैन : अर्थमन्त्री पौडेल (भिडियो सहित)



बुटवल । संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेलले केपी ओली नेतृत्वको सरकार पुरा पाँच वर्ष टिक्ने दाबी गरेका छन् ।

अर्थमन्त्री पौडेलले विकास समृद्दि र समाजवादको गन्तब्य तय नगर्दा सम्म वर्तमान सरकार टिकिरहने बताउंदै सानातिना व्यवधानले सरकारको कामलाई असर नपार्ने स्पष्ट पारे ।

रुपन्देहीको बुटवलमा आज तिनाउ दानव नदी करिडोर अयोजनाको शिलान्याश गर्दै अर्थमन्त्री पौडेलले प्रदेशको केन्द्र नहुँदैमा बुटवलको समृद्दि र विकासलाई कसैले रोक्न नसक्ने जिकिर गरे ।

तिनाउ दानव नदी करिडोर केन्द्र सरकारको बिशेष महत्वको आयोजना भएको बताउंदै उनले यो सडक पुरा भएपछि बुटवलबाट भारतीय सिमा मर्चवार सम्मको क्षेत्रको कायापलट हुने दाबी गरे ।

उनले नदि किनारमा बसोबास गर्दै आएका स्थानीयलाई सम्बोधन गर्दै विकासका लागि सहयोग गर्न आह्वान समेत गरे । नदि किनारमा बस्दै आएका भूमिहिनहरुलाई सरकारले बैकल्पिक ब्यवस्था गर्ने निर्णय गरिसकेको बताउँदै पौडेलले त्यस्ता नागरिकको लागत तयार गरेर स्थायी बसोबासको ब्यवस्था गरिने जानकारी दिए ।

पौडेलले रुपन्देहीको विकाससँग जोडिएका कुनै पनि काम नरोक्न सराकोरवालालाई कार्यक्रम स्थलबाटै निर्देशन समेतद दिए । उनले १ महिना भित्र राजमार्ग चौराहा बेलहिया सडक सम्पन्न गर्न निर्देशन दिनुका साथै चौराहा चिडिया खोला सडक खण्डमा अवरोध नपु-याउन स्थानीय घरधनीहरुलाई आग्रह गरे ।

उनले ३०, ३२ घरधनीले अवरोध गर्दैमा काम नै नगरि बस्ने परियोजनाका कर्मचारीको आलोचना गर्दै अवरोध भए बाहेकका स्थानमा तुरुन्त काम थाल्न निर्देशन दिए ।

अघिल्लो पटक अर्थमन्त्री हुँदा अगाडी सारेका सिद्धबाबा सुरुङमार्गको डीपीआर बनिसक्दा, बजेटको ब्यवस्था भईसक्दा र सबै तयारी हुंदा पनि टेण्डर प्रक्रिया अगाडी नबढेकोमा चिन्ता ब्यक्त गर्दै कार्यक्रम स्थलबाटै सुरुङमार्गको काम अगाडी नबढेको बिषयमा सम्बन्धित निकायलाई प्रश्न गरे ।

कार्यक्रमका बीच अर्थमन्त्री पौडेलले तिनाउ र दानव नदीलाई आधार बनाएर नदीको किनारै किनार बुटवलको जितगढीबाट भारतिय सिमा मर्चवार सम्मको सडक अन्तर्गत पहिलो चरणको ४.३ किलो मिटर सडकको शिलान्यास गरेका थिए ।

सो सडकको पहिलो चरण अन्तर्गत ४.३ किलो मिटर सडक ५२ करोड ४६ लाख ८३ हजार लागतमा २०८० साल असोज मसान्तमा सम्पन्न गर्ने गरि ठेक्का दिईएको छ ।

 

 

 

 

 

 

 

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ४ : ३५ बजे

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस

बर्दघाट-दुम्किबास सडक खण्डमा राति सवारी आवागमनमा प्रतिबन्ध

नवलपुर । नारायणघाट-बुटवल सडक योजना (पश्चिम खण्ड) अन्तर्गत बर्दघाट-दुम्किबास-दाउन्ने सडक