६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

२४ घण्टामा २८ कोरोना संक्रमितको मृत्यु, १९४८ संक्रमित थपिए; ३१४० जना डिस्चार्ज



काठमाडौं । पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । एकैदिनमा यति धेरै मृत्यु भएको यो नै पहिलो पटक हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार १ हजार ९४८ जना संक्रमित थपिँदा मृत्यु हुनेको संख्या २८ मा पुगेको हो ।

देशभरका विभिन्न प्रयोगशालामा पीसीआर परीक्षण गर्ने क्रम निरन्तर घट्दै जाँदा संक्रमितको संख्या घटेपछि मृत्युदर बढ्दै जाँदा चिन्ता थपिएको छ ।

हालसम्म कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ ।

देशभर हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३८९ पुगेको मन्त्रालयले जनाएको छ ।

बुधबार ३ हजार १४० जना संक्रमित निको भएका छन् । यससँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ४ : २३ बजे

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस

बर्दघाट-दुम्किबास सडक खण्डमा राति सवारी आवागमनमा प्रतिबन्ध

नवलपुर । नारायणघाट-बुटवल सडक योजना (पश्चिम खण्ड) अन्तर्गत बर्दघाट-दुम्किबास-दाउन्ने सडक

वर्षाले काठमाडौंमा अत्याधिक ट्राफिक जाम

काठमाडौं । काठमाडौंमा हुरीबताससहितको वर्षा जारी रहँदा सहरका विभिन्न सडकखण्डमा

होर्मुज जलमार्गबाट इरानी सुरक्षाकर्मीले पक्राउ गरेका नेपाली अमृत झा रहेको पुष्टि

काठमाडौं । इरानको सुरक्षा निकायले होर्मुज जलडमरु क्षेत्रमा पक्राउ गरेको

काठमाडौंमा हुरीबतासहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । काठमाडौंमा केही समयदेखि हुरीबतासहितको वर्षा जारी रहेको छ