३ पुस २०८२, बिहिबार | December 19, 2025

नेपाली क्रिकेटका कप्तान मल्लसहित तीन जना खेलाडीलाई कोरोना संक्रमण



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित तीनजना खेलाडीमा कोरोना संक्रमण देखिएको छ ।

बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीहरुको मंगलबार कोरोना परीक्षण गर्दा तीनजना खेलाडीलाई कोरोना देखिएको हो ।

कप्तान मल्लले बुधबार सामाजिक संञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको बनाएका छन् । मल्लले आफूमा कोरोनाका कुनै पनि लक्षण नभएको बताएका छन् ।

“धेरै सावधानी अपनाउँदा पनि मलाई कोरोना संक्रमण देखिएको छ । मसँग सम्पर्कमा आउनु भएको सबैलाई सावधानी अपनाउन अग्रह गर्दछु । मलाई कोरोनाको कुनै पनि लक्षण छैन्,” मल्लले उल्लेख गरेका छन् ।

मल्लसँगै उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई समेत कोरोना पोजेटिभ देखिएको क्यानले जनाएको छ । क्रिकेट खेलाडीहरुले बिहीबारबाट बन्द प्रशिक्षण सुरु गर्दैछन् ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ८ : ४४ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको