१३ श्रावण २०८३, बुधबार | July 30, 2026

त्रिशुलीमा जीप खस्यो, तीन जना वेपत्ता



काठमाडौं । त्रिशुली नदीमा जीप खस्दा तीन जना वेपत्ता भएका छन् ।

प्युठानबाट काठमाडौं आउँदै गरेको लु१च ९७३१ नम्बरको जीप बिहीबार बिहान मुग्लिन नजिकै त्रिशुलीमा खसेको हो ।

जीपमा सवार प्युठान झिम्रुक गाउँपालिका वडा नं. ५ खहरे निवासी जमुना रोका र उनकी ११ वर्षीया छोरी र जीप चालक सूर्य केसी नदीमा बेपत्ता भएका छन् ।

जमुनाका श्रीमान मुकुन्दराज रोका भने नदीबाट बाहिर निस्कन सफल भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । रोकालाई प्रहरीले उद्धार गरेको थियो । उनलाई उपचारका लागि पठाइएको र बेपत्ताको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

छोरीको उपचारका लागि रोका दम्पत्ती काठमाडौं आउँदै गर्दा दुर्घटनामा परेको जमुनाका भाइ शरद रोकाले जनाएका छन् । रोक नेकपा मसालको युवा संगठन अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष हुन् ।

 

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ७ : ५७ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ