२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

उपल्लो डोल्पामा दुई वर्षपछि चामल ढुवानी प्रक्रिया सुरु



जाजरकोट । विगत दुई वर्षदेखि रोकिएको खाद्यान्न ढुवानी कार्य उपल्लो डोल्पामा बल्ल शुरु भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेशले उपल्लो डोल्पामा खाद्यान्न ढुवानीका लागि बोलपत्र निकालेर ठेक्का लगाएपछि चामल ढुवानी कार्य अगाडि बढेको हो ।

उपल्लो डोल्पामा हिमपात शुरु हुनुभन्दा पहिला नै त्यहाँ खाद्यान्न ढुवानी कार्य पूरा गरिने बताइएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले माथिल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र सेफोक्सुन्डो गाउँपालिकामा चामल ढुवानीका लागि ठेक्का लगाएको छ ।

तीनवटै स्थानीय तहमा एउटै ठेकेदार कम्पनीले ढुवानीको जिम्मा पाएको छ । सुर्खेतदेखि स्थलमार्ग भएर डोल्पामा चामल ढुवानी गरी सम्बन्धित स्थानीय तहमा पुर्याइने कम्पनीको डोल्पा शाखा प्रमुख कमलराज पाण्डेले बताए ।

बोल–कबोलका आधारमा दिनेश निर्माण सामग्री सप्लायर्स बाँकेले खाद्यान्न ढुवानीको जिम्मा पाएको छ । सप्लायर्सले सुर्खेतदेखि डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र धो, छार्काताङसोङको ढारगाउँ र से फोक्सोण्डो कोसाल्दाङसम्म चामल ढुवानी गर्ने छ ।

कम्पनीले धोसम्म प्रतिक्विन्टल आठ हजार ४८०, ढारगाउँसम्म नौ हजार ४९० र साल्दाङसम्म १० हजार ९९५ रुपैयाँमा चामल ढुवानी हुने जनाएको छ ।

गत आर्थिक वर्षभरि डोल्पामा अनुदानको चामल ढुवानी भएन भने कोरोनाका कारण थप समस्या भएको थियो । गत वर्षसम्म चीनबाट चामल ढुवानी हुन्थ्यो । कोरोना महामारीका कारण चीनले सीमा नाका बन्द गरेको छ ।

यसअघि कम्पनीले काठमाडौँबाट सोझै चामल ढुवानी गर्दै आएको थियो । चीनतर्फको नाका बन्द भएपछि स्थलमार्गबाट पहिलोपल्ट चामल ढुवानी हुन लागेको हो ।

शाखा प्रमुख पाण्डेले केही दिनमै डोल्पामा खाद्यान्न पुग्ने बताए । उनका अनुसार सस्तो चामल प्रतिक्विन्टल चार हजार ९०० र महँगो चामल रु छ हजार ६०० मा उपभोक्ताले किन्न पाउने छन् ।

हाल स्थानीयवासीले बजारबाट प्रतिक्विन्टल १२ देखि २० हजारसम्ममा किनेर चामल उपभोग गरिरहेका छन् । -रासस

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  १० : ४७ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको