१० भदौ २०८३, बुधबार | August 27, 2026

नेपाल-भारत परराष्ट्र सचिवस्तरीय वार्ता सम्पन्न



काठमाडौं । लामो समयदेखि हुननसकेको नेपाल भारत परराष्ट्रसचिव स्तरीय वार्ता सम्पन्न भएको छ ।

काठमाडौंको होटल याक एण्ड यतिमा भएको वार्ताले दुई मुलुकबीच कुटनीतिक संवादको बाटो समेत खुला गरेको छ । वार्ताको नेतृत्व नेपालको तर्फबाट परराष्ट्रसचिव भरतराज पौडेलले र भारतको तर्फबाट विदेशसचिव हर्षवर्धन श्रृंगलाले गरेका थिए ।

वार्ताबारे परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी गराइसकेको छैन । तर भारतले भने दुईपक्षीय वार्ता निकै उपलब्धीमुलक भएको जनाएको छ । भारतीय राजदूतावासले चलाउने ट्वीटर ह्यान्डल ‘इन्डियाइननेपाल’ मा वार्तामा द्धीपक्षीय सहयोगको समीक्षा गरिएको जनाइएको छ । वार्तामा आपसी हितका मुद्दाहरुमा छलफल गरेको पनि जनाएको छ ।

आजै बिहान मात्रै काठमाडौं ओर्लिएका श्रृंगला दुईपक्षीय वार्ता सकिएलगत्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट गर्न सिंहदरबार पुगेका छन् । त्यसपपछि उनले आजै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ३ : ४८ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट