२२ बैशाख २०८१, शनिबार | May 4, 2024

बुटवलमा राजश्व बुझाउन वडा कार्यालय धाउनु नपर्ने, अर्थमन्त्री पौडेलले गरे अनलाइन प्रविधिको उदघाटन



बुटवल । बुटवलमा अबदेखि स्थानीय तहलाई बुझाउने राजश्व तिर्न कार्यालय धाउनु नपर्ने भएको छ । राजश्व तिर्नका लागि लाइन लाग्नुपर्ने पद्धतिको अन्त्य गर्न उपमहानगरपालिकाले अनलाइनबाटै राजश्व तिर्न मिल्ने व्यवस्था मिलाएपछि सेवाग्रहीहरु राजश्व तिर्न कार्यालय जान नपर्ने भएको हो ।

उपमहानगरपालिका र यसअन्तर्गतका १९ वटै वडामार्फत् आजबाट अनलाईन प्रणालीबाट राजश्व संकलन सुरु गरिएको छ । यो सेवासँगै अब जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत राजस्व बुझाउन सकिने छ ।

करदाताले नगरपालिकाले संकलन गर्दै आएको एकीकृत सम्पति कर, घर बहाल कर, अन्य व्यवसाय कर, सरसफाई सेवा शुल्क, अचल सम्पति मुल्यांकन शुल्क, नक्सा पास दस्तुर, ठेक्का पट्टा नविकरणलगायतका राजश्वलाई जुनसुकै ठाउँबाट पनि अनलाईनबाटै तिर्न सक्ने व्यवस्था मिलाएको छ ।

उपमहानगरले सुरु गरेको डिजिटल प्रविधिको बिहीबार एक समारोहका बीच नेपाल सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुभारम्भ गरेका छन् ।

शुभारम्भ कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले डिजिटल सिटिको अभियानमा बुटवलले महत्वपूर्ण कदम चालेको बताए । कर तिर्न लाइन बस्नै पर्ने परम्परागत शैलिलाई प्रविधिले प्रतिस्थापन गर्दा करदाताहरु अझै प्रोत्साहित हुने पौडेलको भनाइ थियो ।

त्यसक्रममा उनले डिजिटल प्रविधिको कारोबारलाई थप व्यवस्थित र विश्वसनीय बनाउँदै समुदायमा वित्तीय साक्षरताको पनि विकास गर्नुपर्ने बताए । पौडेलले बुटवल आर्थिक केन्द्रसमेत रहेकाले आर्थिक गतिविधिलाई डिजिटल बनाउँदै सेवाग्राहीलाई सहज सेवा प्रवाह उपलव्ध गराउन उपमहानगरलाई आग्रह गरे ।

त्यसअवसरमा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले सेवाप्रवाहलाई अझ सहज, छरितो र विश्वसनिय बनाउँदै उपमहानगरलाई सेवाकेन्द्रका रुपमा विकास गरिएको जानकारी दिए ।

उपनगरपालिकाको काम समय अनुकुल र सुचना प्रविधिसंग जोड्दै नगरवासीको सहजताका लागी अनलाईन प्रणाली मार्फत राजश्व संकलन सुरु गरिएको उपमहानगर प्रमुख सुवेदीले बताए ।

उपमहानगरको तथ्यांक अनुसार बुटवलमा सम्पत्ती कर, भूमि कर, व्यवसाय कर र बहाल कर तिर्ने सबैप्रकारका शिर्षकगत करदाताको संख्या करिब ८६ हजार रहेको छ । यी सबै प्रकारका राजश्व बुझाउनुपर्ने सेवाग्राहीहरु अनलाइन प्रणालीको प्रत्यक्ष लाभकर्ता हुनेछन् ।

यसखालको ई–पेमेन्ट व्यवस्था पालिकाहरुमै पहिलो रहेको उपमहानगरले दाबी गरेको छ । सम्पत्ती कर र भूमिकर बुझाउने करदाताको संख्या ५९ हजार पाँच सय ९३, व्यवसाय कर बुझाउनेको संख्या १८ हजार एक सय २६ र बहाल कर बुझाउनेको संख्या सात हजार नौ सय ५६ गरि करिब ८६ हजार शिर्षकगत करदाता रहेका छन् ।

राष्ट्रिय परिचयपत्रको सिस्टममा इन्टरकनेक्ट
बुटवलले सुरु गरेको अनलाइन प्रणालीले राष्ट्रिय परिचयपत्र निर्माणका लागि समेत उपयोगी हुने छ । बुटवलको अनलाइन प्रणाली प्रधानमन्त्री कार्यालयबाट वितरण हुने राष्ट्रिय परिचयपत्र (नेशनल आइडी) मा इन्टरकनेक्ट भएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ५ : ०३ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको