१३ श्रावण २०८३, बुधबार | July 30, 2026

भरतपुर अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु



चितवन । चितवनका भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

शुक्रबार बिहान ५:१५ बजे भरतपुर महानगरपालिका वडा नं. १७ का ५७ वर्षीय पुरुषको मृत्यु भएको छ । निमोनियाको समस्या भएपछि उपचारका लागि अस्पताल पुगेका उनको यही मंसिर ३ गते पीसीआर परीक्षण गरिएको थियो ।

४ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई मंसिर ५ गते अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनलाई अस्पतालको आईसीयूमा राखेर उपचार गर्दागर्दै आज बिहान मृत्यु भएको अस्पतालमा सूचना अधिकार लिलाधर पौडेलले बताएका छन् ।

यसैगरी, भरतपुर अस्पतालमै उपचाररत हेटौंडा उपमहानगरपालिका वडा नं. १० की ५७ वर्षीया कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि बिहीबार अस्पताल भर्ना भएकी ती महिलाको आज शुक्रबार बिहान ६ बजे मृत्यु भएको सूचना अधिकारी पौडेलले जानकारी दिए । उनलाई गत मंसिर ८ गते नै कोरोना पुष्टि भएको थियो ।

अस्पतालमा भर्ना भएलगत्तै उनलाई पनि आईसीयूमा नै राखेर उपचार सुरु गरिएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ११ : १७ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ