२ पुस २०८२, बुधबार | December 18, 2025

चितवनको माडीमा बीओपी स्थापित



चितवन । माडी नगरपालिकामा छैटौँ बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । माडी –६ कल्याणपुरमा सशस्त्र प्रहरीको छैटौँ पोष्ट स्थापना गरिएको हो ।

यसअघि माडीका बाँदरझुला, कान्छिवगाई, छरछरे, गर्दी र वाल्मिकी आश्रममा पोष्ट स्थापना गरी सकिएको छ ।

सरकारले नेपाल र छिमेकी देशका सिमानामा ११४ बीओपी स्थापना गर्ने निर्णय गरेसँगै जिल्लामा यस वर्ष तीन पोष्ट थप गरिएको सशस्त्र प्रहरी बल नम्बर १७ गण चितवनका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दीपककुमार थापाले जानकारी दिए ।

यहाँ सशस्त्र प्रहरी निरीक्षकका नेतृत्वमा ३५ जनाको टोली सीमा रक्षाका लागि बस्ने थापाले जानकारी दिए। जिल्लामा पर्ने ८८ किलोमिटर सिमानामध्ये सबै माडी नगरपालिकामा पर्छ ।

अहिले स्थापना भएका छ पोष्टका लागि प्रतिपोष्ट १४ दशमलब पाँच किलोमिटर क्षेत्रफल रक्षाका लागि पर्ने थापाको भनाइ छ ।

पोष्टको सशस्त्र प्रहरी बल ३ नम्बर बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठले बिहीबार उद्घाटन गर्दै सिमानाको रक्षाका लागि प्रभावकारीरुपमा काम गर्न आफूहरु लागिपरेको बताए ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ११ : ३९ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल