काठमाडौं । शुक्रबार १ हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जंनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार थप १ हजार ७०३ जनालाई कोरोना संक्रमण देखिएको हो । यससँगै हालसम्म २ लाख २९ हजार ३४३ मा कोरोना संक्रमण भएको छ । नेपालमा जम्मा पीसीआर १७ लाख १० हजार ४६० भएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार २३६ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म २ लाख ९ हजार ४३५ जना संक्रमित संक्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा पनि २३ जना संक्रमितको मृत्यु भएको छ । बिहीबार पनि २३ जना नै संक्रमितको मृत्यु भएको थियो । यसँगै हालसम्म मृत्यु हुनेको कुल संख्या १ हजार ४३५ पुगेको छ । बिहीबार सक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ ।
प्रतिक्रिया