३ चैत्र २०८२, मंगलबार | March 17, 2026

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव आज, ढकाल र प्रधानबीच कडा प्रतिस्पर्धा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आज चुनाव हुँदैछ ।

महासंघको ५४औं वार्षिक साधारण सभाको बन्दसत्र सम्पन्न भएसँगै वरिष्ठ उपाध्यक्ष लगायत पदाधिकारी चयनका लागि चुनाव हुन लागेको हो । ६३ पदका लागि १ सय २७ जनाको उम्मेदवारी परेको छ ।

आज बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने मतदानका लागि काठमाडौंका तीन ठाउँमा मतदान केन्द्र तोकिएका छन । जिल्ला नगरतर्फका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा, एसोसिएटतर्फका लागि कार्की बैंक्वेट थापाथली र वस्तुगततर्फका लागि महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदान हुनेछ ।

कोरोना सङ्क्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको महासंघ निर्वाचन समितिले जनाएको छ । समितिका कुनै विवाद र समस्या नआए आज राति नै मतपरिणाम आउने समितिले जनाएको छ ।

महासंघको विधानअनुसार आजैदेखि वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन । वरिष्ठ उपाध्यक्षसहित अन्य बाँकी पदहरूमा मात्र चुनाव हुन लागेको हो ।

महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान समूहबीच प्रतिस्पर्धा हुँदैछ । दुई जना कार्यसमिति सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन् ।

निर्वाचन समितिका अनुसार ६४ पदका लागि दुई वटा प्यानलबाट एक सय २३ जनाको उम्मेदवारी परेको छ । जिल्ला नगर समूहतर्फ १८ कार्यकारिणी सदस्यका लागि ३८ जना चुनावी मैदानमा छन् ।

त्यस्तै, एसोसिएतर्फ १९ कार्यकारिणी सदस्यका लागि ३१ र वस्तुतगत संघतर्फ १४ पदका लागि २८ जनाले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ८ : २६ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन