१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

जिल्ला नगरको तर्फबाट केन्द्रीय सदस्य पदको पनि परिणाम आयो, प्रधान प्यानलको बहुमत



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि आज भएको निर्वाचनको पछिल्लो परिणाम अनुसार वस्तुगत उपाध्यक्ष र जिल्ला नगरको उपाध्यक्ष सहित अधिकांस स्थानमा किशोर प्रधान प्यानलले विजयी हासिल गरेको छ । साँझ अबेर सकिएको जिल्ला-नगरको तर्फबाट केन्द्रीय सदस्यतर्फको मत परिणाम अनुसार ११ जना किशोर प्रधान प्यानलका र ७ जना चन्द्र ढकाल प्यानलबाट निर्वाचित भएका छन् ।

जिल्ला नगरबाट कार्यकारिणी सदस्यमा कुल १८ सदस्य पदका लागि ३८ जनाले उम्मेदवारी दिएका थिए ।

निर्वाचित हुनेमा राजन श्रेष्ठले ७९ मत, तारानाथ घिमिरेले ७२ मत, शोभाकान्त पौडेलले ७० मत, कमल कुमार श्रेष्ठले ७० मत, गजेन्द्र कुमार भगतले ६८ मत, चक्र बहादुर अधिकारीले ६७ मत, अरुणराज सुमार्गीले ६६ मत, देव कुमार श्रेष्ठले ६४ मत, रामेश्वर मानन्धरले ६३ मत, कमान बहादुर खड्काले ६२ मत तथा सुरकृष्ण वैद्यले ६१ मत प्राप्त गर्दै विजयी बनेका छन् ।

त्यसैगरि कुविर कुमार श्रेष्ठले ५८ मत, डिबी बस्नेतले ५८ मत, गोपाल केडियाले ५५ मत, महेन्द्र कुमार श्रेष्ठले ५४ मत, उमेश डालमियाले ५३ मत, किशोर कुमार आचार्यले ५२ मत र अमृत भट्टचनले ५१ मत प्राप्त गरेर जिल्ला नगरबाट महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् ।

जिल्ला नगरतर्फको पूरै १०५ भोट नै खसेको थियो । त्यसमध्ये ३ वटा बदर भएको हो ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ११ : ३७ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ