११ श्रावण २०८३, सोमबार | July 28, 2026

समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थमन्त्री पौडेल



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी नै सरकारले काम गरेको बताएका छन् ।

आइतबार नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले देशको समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण भएकाले सरकार निजी क्षेत्रसँगै सहकार्य गरेर अगाडि बढ्ने बताएका हुन् ।

पौडेलले उत्पादन, रोजगारी र देशको समृद्धिमा निजी क्षेत्रको धेरै ठूलो भूमिका भएको र त्यसलाई सरकारले राम्रोसँग बुझेको पनि स्पष्ट पारे । उनले पछिल्लो समय कोरोना संक्रमणको जोखिमका कारण निजी क्षेत्र र सरकार दुवै अप्ठेरो अवस्थामा परेको र दुवैले मिलेर समस्याको समाधान गर्न गर्नुपर्नेमा जोड दिए ।

निजी क्षेत्रका जायज मागहरुलाई सरकारले सुन्ने र समाधानका लागि सरकार तयार रहेको बताउँदै उनले उद्योगी व्यवसायीका समस्या समाधानका लागि सरकारले विषयवस्तुमा आधारित रहेर छलफल चलाउने स्पष्ट पारे ।

उद्योगी व्यवसायीहरुले भने चालु आर्थिक वर्षको बजेट मार्फत घोषणा भएका कार्यक्रमहरुको कार्यान्वयन छिटो गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।

कोभिडको प्रभाव न्यूनीकरणका लागि बजेटले ल्याएका सहुलियतका कार्यक्रम कार्यान्वयनमा नआउँदा उद्योग सञ्चालनमा कठिनाई भएको नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश मोरले बताए । उद्योगहरुलाई विद्युतको डिमाण्ड चार्जमा छुट दिने व्यवस्था बजेटले गरेपनि अहिलेसम्म कार्यान्वयनमा नआउँदा उद्योग सञ्चालनमा कठिनाई भएको पनि अध्यक्ष मोरल गुनासो गरे ।

उद्योगीहरुले बजेटमार्फत विजुलीको माग कम हुने समयको डिमाण्ड शुल्कमा ५० प्रतिशत छुट हुने व्यवस्था गरेपनि कार्यान्वयनमा नआउँदा अहिले विद्युत प्राधिकरणले उक्त छुट रकममा समेत जरिवाना लगाएर रकम अशुल गर्न लागेको गुनासो समेत गरेका छन् । यस्तै पुनरकर्जा कोषको कार्यविधि बनाईंदा एक ऋणीलाई अधिकतम २० करोडको सीमा लगाईदा ठूला उद्योगी व्यवसायीलाई राहत नहुने भन्दै सीमा हटाउन माग गरेका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ५ : ०७ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला