१ माघ २०८१, मंगलबार | January 14, 2025

समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थमन्त्री पौडेल



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी नै सरकारले काम गरेको बताएका छन् ।

आइतबार नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले देशको समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण भएकाले सरकार निजी क्षेत्रसँगै सहकार्य गरेर अगाडि बढ्ने बताएका हुन् ।

पौडेलले उत्पादन, रोजगारी र देशको समृद्धिमा निजी क्षेत्रको धेरै ठूलो भूमिका भएको र त्यसलाई सरकारले राम्रोसँग बुझेको पनि स्पष्ट पारे । उनले पछिल्लो समय कोरोना संक्रमणको जोखिमका कारण निजी क्षेत्र र सरकार दुवै अप्ठेरो अवस्थामा परेको र दुवैले मिलेर समस्याको समाधान गर्न गर्नुपर्नेमा जोड दिए ।

निजी क्षेत्रका जायज मागहरुलाई सरकारले सुन्ने र समाधानका लागि सरकार तयार रहेको बताउँदै उनले उद्योगी व्यवसायीका समस्या समाधानका लागि सरकारले विषयवस्तुमा आधारित रहेर छलफल चलाउने स्पष्ट पारे ।

उद्योगी व्यवसायीहरुले भने चालु आर्थिक वर्षको बजेट मार्फत घोषणा भएका कार्यक्रमहरुको कार्यान्वयन छिटो गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।

कोभिडको प्रभाव न्यूनीकरणका लागि बजेटले ल्याएका सहुलियतका कार्यक्रम कार्यान्वयनमा नआउँदा उद्योग सञ्चालनमा कठिनाई भएको नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश मोरले बताए । उद्योगहरुलाई विद्युतको डिमाण्ड चार्जमा छुट दिने व्यवस्था बजेटले गरेपनि अहिलेसम्म कार्यान्वयनमा नआउँदा उद्योग सञ्चालनमा कठिनाई भएको पनि अध्यक्ष मोरल गुनासो गरे ।

उद्योगीहरुले बजेटमार्फत विजुलीको माग कम हुने समयको डिमाण्ड शुल्कमा ५० प्रतिशत छुट हुने व्यवस्था गरेपनि कार्यान्वयनमा नआउँदा अहिले विद्युत प्राधिकरणले उक्त छुट रकममा समेत जरिवाना लगाएर रकम अशुल गर्न लागेको गुनासो समेत गरेका छन् । यस्तै पुनरकर्जा कोषको कार्यविधि बनाईंदा एक ऋणीलाई अधिकतम २० करोडको सीमा लगाईदा ठूला उद्योगी व्यवसायीलाई राहत नहुने भन्दै सीमा हटाउन माग गरेका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ५ : ०७ बजे

बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा तत्काल ध्यान दिन सरकारलाई अध्यक्ष प्रचण्डको आग्रह

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

गुल्मीको अग्लुङ-प्युठान सीमामा जिप दुर्घटना, १२ जना घाइते

गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न

काठमाडौँ । नेपाली सेना र भारतीय सेना सम्मिलित संयुक्त सैनिक

मेयर कप भलिबल : उपाधिको लागि मणिमुकुन्द र गोलपार्क भिड्ने

बुटवल । माघे संक्रान्तिको अवसर पारेर बुटवलमा संचालन भएको प्रथम

विद्यालय परिषरमै सुरु भयो मदिरालय सहित बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला-२०८१ (फोटो फिचरसहित)

बुटवल । व्यापक आलोचनाका बीच बुटवलमा खाना महोत्सव तथा माघेसक्रान्ती