४ पुस २०८२, शुक्रबार | December 20, 2025

रुपन्देहीको रोहिणीका महेन्द्र कुर्मीलाई गोली हानी हत्या गर्ने ब्यक्ति एक वर्षपछि प्रहरी नियन्त्रणमा



बुटवल । अघिल्लो वर्षको भाद्र २९ गते गोली प्रहार गरि एकजना नेपालीको हत्या गरि फरार एकजना भारतिय नागरिकलाई आज रुपन्देही प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको रोहिणी गाँउपालिकाका स्थानीय महेन्द्र कुर्मीलाई गोली प्रहार गरि फरार रहेका भारतिय नागरिक सुनिल कुमार सिंहलाई आज मध्यान्ह सिद्धार्थनगर नगरपालिका बेलहियाबाट पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

२०७६ भाद्र २९ गते रोहिणीको हुलाकी राजमार्गमा आफ्नै मोटरसाईकलमा हिंडिरहेका कुर्मीलाई अर्को मोटरसाईकलमा आएका सिंहले गोली प्रहार गरि हत्या गरेर कुर्मीसँग रहेको ५ लाख लुटेर फरार भएका थिए ।

रुपन्देही जिल्ला अदालतमा ज्यान मार्ने तथा डाँका मुद्दामा फरार अभियुक्तकारुपमा रहेका भारतको गोरखपुर थाना कम्पियरगंज ग्राम राजपुर वस्ने सिंहलाई वेलहिया स्थित भन्सार कार्यालय नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी निरिक्षक किशोर आचार्यले बताए ।

पक्राउ परेका सिंहलाई प्रहरीले आजै अदालतमा पेश गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ९ : ०३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको