१ असार २०८२, आइतबार | June 15, 2025

नारायणगढ-बुटवल सडक विस्तारमा फेरि अवरोध, आयोजनाका मजदुरहरु आन्दोलनमा



कावासोती । नारायणगढ–बुटवल सडक विस्तार आयोजनामा कार्यरत मजदुरहरु आन्दोलनमा उत्रिएका छन ।

व्यवस्थापन पक्षले मजदुरहरुमाथि दमन गरेको भन्दै मजदुरहरु आन्दोलनमा उत्रिएका हुन । उनीहरुले देवचुलीको रजहरमा रहेको नारायणगढ–बुटल रोड प्रोजेक्टको कार्यालय गेट अगाडि धर्ना दिएका छन ।

सडक विस्तार आयोजानमा कार्यरत मजदुरहरुलाई समयमा तलव नदिएको, विना कारण कामबाट निकालिएको भन्दै उनीहरुले धर्ना दिएको अखिल नेपाल टेड युनियन महासंघ नवलपुरका अध्यक्ष सानुकाजी डंगोलले बताए ।

२०० भन्दा बढि मजदुरहरुले कामकाज ठप्प पारी आन्दोलनमा उत्रिएका छन् । मजदुरहरु आन्दोलनमा उत्रिन थालेपछि सडक विस्तारको काम प्रभावित भएको छ ।

४२ महिनामा सक्ने भनेर २०७५ चैत्रमा शिलन्यास भएको यो सडक विस्तारको काम सरकारी निकायहरुबीच समन्वय नहुँदा समयमै सुरु हुन सकेको थिएन ।

विद्युत प्राधिकरण, नेपाल टेलिकम, वन लगायतका नियकायहरुले समयमै काम नगर्दिँदा रोकिएको सडक विस्तारकोकाम कोरोना भाइरसको महामारी पछि ठप्प जस्तै भएको थियो । तर, केही महिनाअघिदेखि चिनियाँ प्राविधिक र कामदारहरु कार्यक्षेत्रमा खटिएपछि काम सुरु भएको थियो ।

एकातिर समयमै सडक विस्तारको काम ढिला सुरु हुनु, अर्कोतिर वर्षाले भत्काएको सडक मर्मतको काम नुहँदा नारायणगढ–बुटवल सडकखण्डको यात्रा अहिले कष्टकर बनेको छ भने धुलोका कारण सडकआसपासका बासिन्दा प्रभावित भएका छन् ।

यसैमाथि मजदुरहरुको आन्दोलन समेत थपिन थालेपछि यो सडकखण्डको काम पनि अन्य सडकमा जस्तै ढिलाई हुने देखिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ९ : ४४ बजे

आज जयतु संस्कृतम् दिवस

काठमाडौं । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज

बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरु : मन्त्री खड्का

काठमाडौर. । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारण

लोक सेवा आयोगले आज हीरक महोत्सव मनाउँदै

काठमाडौं । ‘योग्यता, निष्पक्षता र स्वच्छता’ मूल मर्मका साथ अगाडि

लुम्बिनी प्रदेशको बजेट आज, कृषि, पूर्वाधार र रोजगारीलाई प्राथमिकता

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का

पाँचथरमा बेलिब्रिज भत्किँदा घाइते भएका तीन मजदुरको मृत्यु, तीनको उपचार जारी

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते