५ श्रावण २०८३, मंगलबार | July 22, 2026

पर्यटनमन्त्रीको दाबी : ‘सन् २०२२ मा नेपालमा पर्यटक निकै बढ्छन्’



चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२२ मा नेपालमा पर्यटकको सङ्ख्या निकै बढ्ने दाबी गरेका छन् ।

रत्ननगर नगरपालिका– ५ जनकौलीमा निर्माण हुन लागेको केटिएम हस्पिटालिटीको ‘द फरेष्ट फ्रन्ट’ नामक होटलको आज शिलान्यास गर्दै मन्त्री भट्टराईले विगतका वर्ष भन्दा बढी पर्यटक एक वर्षपछि नेपालमा आउने बताए ।

मन्त्री भट्टराईले लामो समय घरमा रहनुपरेकाले कोरोना सङ्क्रमण अन्त्यसँगै विदेशी पर्यटक बढ्ने तर्क गरे। उनले भने, “सन् २०२० को अन्त्यमा आउँदा पर्यटन क्षेत्र व्युँतिएको छ, सन् २०२१ को मध्यमा उठ्छ र अन्त्यमा दौडन्छ ।” उनले सन् २०२१ सँगै स्वदेशी पर्यटक पनि निकै बढ्ने बताए । उनले भन, “यो क्षेत्र अगाडि आउँछ, विशेषगरी २०२१ मा आन्तरिक पर्यटनमा जोड गर्नेछौँ ।”

नेपालीमा मध्यम र माथिल्लो वर्गको महत्वपूर्ण हिस्सा परिवारसहित घुम्न जाने प्रचलन स्थापित भएको उनको भनाइ थियो । उनले कोरोना सङ्क्रमण घटेसँगै घुम्न नपाएर बसेका नेपालीले स्वदेशी गन्तव्यमा भ्रमण गर्ने बताए । अहिले नै महत्वपूर्ण पर्यटकीय गन्तव्यमा स्वदेशी पर्यटक आउन थालेको उनको भनाइ थियो ।

तत्कालै अन्तरराष्ट्रिय क्षेत्रबाट ठूलो अपेक्षा नभएको उल्लेख गर्दै मन्त्री भट्टराईले भने “पर्यटकीय गन्तव्य, होटललगायतमा स्वास्थ्य मापदण्डमा कडाइ गरिएको छ ।” पर्यटकले यहाँको अर्थतन्त्र चलायमान हुने र विश्वलाई चिनाउने मन्त्री भट्टराईको भनाइ थियो ।

सो अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले कोरोना सङ्क्रमणका कारण श्रमबजार तहसनहस भएको बताए । मन्त्री यादवले भने, “विदेशमा गएकाले पनि रोजगारी गुमाएर फर्कनुपर्ने अवस्था आएको छ ।” श्रम बजारमा भएको समस्या अन्त्य गर्नका लागि नेपालमा नै सम्भावनाको खोजी गर्नु आवश्यक रहेको मन्त्री यादवको भनाइ थियो । विदेशबाट रोजगार गुमाएर फर्किएकालाई उत्पादनमूलक क्षेत्रमा लगाउन सरकारले कार्यक्रम ल्याउने तयारी गरिरहेको उनले जानकारी दिए ।

संस्कृतिलाई माटोसँग जोडेर पर्यटनको विकास गर्नसके स्वदेशमा नै रोजगारी सिर्जना हुने उनले बताए । रोजगारीको खोजीमा विदेशिएका युवाले नेपालमा नै पसिना बगाउनसके विदेश पलायन हुनबाट बचाउन सकिने उल्लेख गर्दै उनले भने, “वार्षिक ६०० भन्दा बढी नेपालीको शव नेपाल आउने अवस्थाको अन्त्य गर्न स्वदेशमा नै रोजगारी सिर्जना गर्नु आवश्यक छ ।”

कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो र क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराईले बोलेका थिए ।

हस्पिटालिटीका प्रमुख रामेश्वर शाहले २५ करोडको लगानीमा सौराहामा बुटिक रिसोर्ट निर्माण गर्न सरु गरिएको जानकारी दिए । उनी गैरआवासीय नेपाली महासङ्घका प्रतिनिधि हुन् । चौँतिस कोठामा ६५ शैयाको सो रिसोर्ट सन् २०२२ देखि सञ्चालनमा आउनेछ ।

बाह« कट्ठा १० धुर क्षेत्रफलमा रिसोर्ट निर्माण गर्न लागिएको हो ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  १२ : ४५ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं