६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

एकैदिन २९ कोरोना संक्रमितको मृत्यु, १४७४ संक्रमित थपिए



काठमाडौं । नेपालका सोमबार कोरोना भाइरसका २९ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार देशभर २९ जना कोरोना संक्रमितको मृत्यु भएको हो । यो मृत्यु एकैदिनमा सबैभन्दा धेरै मृत्यु हो । यससँगै नेपालमा कोरोनाबाट हुने मृत्यु दर पनि बढ्दै गएको छ ।

मन्त्रालयका अनुसार सोमबार थप १ हजार ४७४ जना संक्रमित थपिएका छन् । हालसम्म संक्रमित हुनेको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । जसमध्ये २ लाख १४ हजार ५२१ जना संक्रमित निको भैसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै १ हजार ९३१ जना डिस्चार्ज भएका छन् ।

यसैगरी मन्त्रालयको तथ्यांक अनुसार हालसम्म १ हजार ५०८ जनाको मृत्यु भएको छ । १७ हजार ४२३ जना सक्रिय संक्रमित रहेका छन् भने ५३५ जना अझै पनि विभिन्न क्वारेन्टिनमा रहेका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ४ : ३३ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस